जनसत्ताले फेरि गर्‍यो यस्तो चेतावनी

काठमाडौं : जिल्ला जनपरिषद (जनसत्ता), नेपाल मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामाको माग गरेको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टी, मकवानपुरका इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ मार्फत जनपरिषद नेपालले मेयर महतको राजिनामा माग गर्दै महतलाईलाई राजीनामा माग पत्र समेत थमाएको बताइएको छ । महत हेटौँडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएर आएदेखिनै उनले भ्रष्टाचार, कमिशनखोर र दलालहरुको संरक्षण गर्ने गरेको भन्दै उनको राजीनामा माग गरिएको नेकपा मकवानपुरका इन्चार्ज ज्वालाले बताएका छन् ।  जनतालाई शान्ति सुरक्षा र सुख दिनु पर्ने जिम्मेवारी बोकेका मेयर महतले जनतालाई सास्ती दिएर दलालहरुको संरक्षण गरिरहेको ज्वालाको आरोप छ । दलालको संरक्षण गरेकै कारण उनको राजिनामा माग गरिएको बताइएको छ । मेयर महतले जनताको सेवाको लागि काम गर्नु साटो जनतालाई दुःख मात्रै दिइरहेको ज्वालाले दाबि गरेका छन् । मेयर महतले तत्काल राजीनामा दिए मात्रै नगरवासी जनताको भलो हुने इन्चार्ज ज्वालाको भनाई छ । राजीनामा माग पत्रमा उल्लेख भए अनुसार, महतले राजीनामा नदिएमा उनलाई जनकारबाहीको चेतावनी समेत दिइएको छ ।

२०७४ फागुन २१ गते मध्यान्न १२ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :