जनसत्ताद्वारा पुरानो सत्तालाई कर नतिर्न आह्वान

काठमाडौं : जिल्ला जनपरिषद (जनसत्ता) लतिपुरले कुनैपनि सरकारी कार्यालयमा कर नतिर्न तथा नयाँ वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न आह्वान गरेको छ । जिल्ला जनपरिषद लतिपुरले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पुरानो सत्तालाई आम जनताद्वारा तिरिरहेको विभिन्न कर, भ्रष्टाचार, कमिशन, ठूलो नेता भनिनेहरुको उपचार र मोजमस्तीमा दुरुपयोग भइरहेकोप्रति आपत्ति जनाएकाे छ। जिल्ला जनपरिषदका प्रमुख धुर्ब अधिकारीले जारी गरेको विज्ञप्तिमा संसदीय सत्तालाई खारेज गर्न र नयाँ समाजवादी सत्ताको स्थापनामा सहयोग पुर्याउन अपिल गरेका छन् । विज्ञप्तिको पूर्णपाठ –
२०७४ फागुन २० गते साँझ ७ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :