घूस बाँडफाँट नमिल्दा सरकारी कार्यालयका कर्मचारीबीच कुटाकुट !

काठमाडौं : हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भउको छ । कुटाकुटमा १ जना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ । बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो’, कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताएका छन् । ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवा गरेका थिए ।’ प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीको बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । समाचार अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँबर र ज्ञानेन्द्र ओझा छन् ।
२०७४ फागुन १९ गते मध्यान्न १२ :  २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :