सिरियामा हवाई आक्रमणमा परी ५ जना सर्वसाधारणको मृत्यु

काठमाडौं: लामो समयदेखि युद्धले ग्रस्त देश सिरियामा सरकारले गरेको हवाई आक्रमणमा परी बुधबार ५ जना सर्बसाधारण मारिएको अलजजिराले जनाएको छ । विद्रोहीको कब्जामा रहेको सहर गोउटामा सरकारले निरन्तर हवाई हमला गरिरहेको छ ।

सन् २०११ मा बसर अल असादको विरुद्धमा आन्दोलन सुरु भएको थियो तर सरकारको विरद्धमा आन्दोलन गरिरहेका विद्रोहीलाई अमेरिकाले समर्थन तथा हतियार आपुर्ती गर्न थालेपछि रुस सरकारले असद सरकारलाई सहयोग गर्न पुगेपछि सिरियामा युद्ध भयावह तरिकाले अगाडि बढेको थियो ।

सिरियामा अहिले आई एस आई, कुर्दिस लडाकुहरुले विभिन्न भागमा कब्जा जमाएर बसेका छन् । सिरियामा युद्धको कारण करिब ४ लाख बढी मानिसको ज्यान गई सकेको बताइन्छ । केही दिन अघि संयुक्त राष्ट्रसंघले सिरियामा एक महिनाको लागि युद्ध बिरामको पक्षमा निर्णय गरेको थियो ।

२०७४ फागुन १७ गते साँझ ७ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :