नेकपाका नेता बास्तोलाको घरमा पनि पक्राउ पुर्जी

धर्मेन्द्र बास्तोला (कन्चन) नेपाल कम्युिनस्ट पार्टी स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदुर पश्चिम कमाण्ड इन्चार्ज, धर्मेन्द्र बास्तोला‘कञ्चन’को घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ । सुर्खेतको बालियाचौरस्थित बास्तोलाको पूर्खौंली घरमा पक्राउ पुर्जी टाँसिएको हो । नेकपा सुर्खेतका इन्चार्ज ध्रुबका अनुसार महासचिव विप्लवकै प्रकृतिको पक्राउ पुर्जी नेता बास्तोलाको घरमा टाँसिएको छ । सुर्खेत जिल्ला अदालतको आदेशमा ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ पुर्जी जारी गरेको बताइएको छ । बुधबार मात्रै महासचिव विप्लवको घरमा प्रहरीले पक्राउपुर्जी जारी गरको थियो । नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्माले पनि महाचिव विप्लवमाथि लगाएको मुद्धा खारेज नगरे जनअदालतले पनि प्रधानमन्त्री ओली र प्रचण्डको पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका थिए । स्मरण रहोेस नेकपा शिर्ष ३ जना नेताको घरमा प्रहरीले पक्राउ पुर्जी टाँस गरिसकेको छ ।

२०७४ फागुन १७ गते साँझ ६ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :