देश नै रहन्न : निर्मला खड्का

आऊ सारा नेपालीजन सबै मिलेर 

निदाएका लट्ठिएका सबै ब्युँझेर 

हैन भने देश हाम्रो देश नै रहन्न

सहिदको मूल्य अब कहीँ तोकिन्न 

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

अन्यायको विद्रोहमा लड्न सक्नुपर्छ 

जुनै तन्त्र छाउनलाई डट्न सक्नुपर्छ 

हैन भने देश हाम्रो देश नै रहन्न 

 

सहिदको मूल्य अब कहीँ भेटिन्न 

जानी–जानी गल्ती हामी दोहो¥याउनु हुन्न 

अञ्जानमा गल्ती भए हरेस खानु हुन्न 

हैन भने देश हाम्रो देश नै रहन्न 

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

देशका लागि भन्नेहरू देशकै काममा भिड्न सिक

देशका हरेक समस्याको समाधान खोज्न सिक 

हैन भने देश हाम्रो देश नै रहन्न 

 

सहिदको मूल्य अब कहीँ भेटिन्न 

नेता बन्न कहलाउनेहरू देश बचाउने आँट गर

 छिमेकीले सीमा मिच्दा सही टुङ्गो लाउने गर

 हैन भने देश हाम्रो देश नै रहन्न 

 

सहिदको मल्य अब कहीँ भेटिन्न

सम्झिदेऊ न देशभक्तले पुर्खाहरूको साहसीपन

 देशको सीमा रेखा कोर्ने कस्ता थिए व्यक्तित्वपन

हैन भने देश हाम्रो देश नै रहन्न

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

अन्यायमा परेकालाई न्याय दिन

अग्रसर होऊप्यासी भै छटपटिएकालाई

प्यास मेटाइदेऊहैन भने देश हाम्रो देश नै रहन्न

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

नेता बनी हिंड्नेहरू नेतृत्वको अर्थ बुझ 

नेतृत्व लिई हिंड्नेहरू देशको रक्षा गर्न सिक

हैन भने देश हाम्रो देश नै रहन्न 

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

सकेसम्म देशद्रोही भई हिंड्न नखोज

देशका हरेक इतिहासलाई मेट्न नखोज

हैन भने देश हाम्रो देश नै रहन्न

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

गाउँदेखि सहरसम्म आँखा लगाइदेऊ

भोका पेटसामु तिमी गाँस पु¥याइदेऊ

हैन भने देश हाम्रो देश नै रहन्न  

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

नाङ्गा छाती भई बस्नेलाई लुगा सिलाइदेऊ

आनन्दले सुत्न सक्ने बास बनाइदेऊ

 हैन भने देश हाम्रो देश नै रहन्न 

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

तिम्रो सम्मान हुँदा नचाइँदो दोसल्लाको भारी 

 एक सरो लाउन नपाउनेलाई हेर्न मुस्किल सरी

त्यसैले त तिम्रो बुद्धि यहाँ लाउनुपर्छ 

 

हेपिएका थिचिएका उकास्ने काम हुनुपर्छ

हैन भने देश हाम्रो देश नै रहन्न 

सहिदको मूल्य अब कहीँ भेटिन्न

देशका लागि भन्नेहरू देशको हालत बुझ

 

विदेशीको जालमा परी देशको माटो नबेच 

हैन भने देश हाम्रो देश नै रहन्न

सहिदको मूल्य अब कहीँ भेटिन्न

आफ्नो अस्तित्व जोगाउनलाई देश जोगाउनु छ

 

देशको अस्तित्व बचाउनलाई देशपे्रमीको खाँचो पर्छ

हैन भने देश हाम्रो देश नै रहन्न

 सहिदको मूल्य अब कहीँ भेटिन्न

अल्छी भई बसेकालाई जाँगर चलाइदेऊ

 

देशका लागि लड्न सक्ने शक्ति बढाइदेऊ

हैन भने देश हाम्रो देश नै रहन्न 

सहिदको मूल्य अब कहीँ भेटिन्न 

नेता बन्न कहलाउनेहरू नियन्त्रणको काम गर 

 

त्यति गर्न नसक्नेले नेतृत्वको काम छोड

हैन भने देश हाम्रो देश नै रहन्न 

सहिदको मूल्य अब कहीँ भेटिन्न 

नेता तिमी बनेपछि जनजीवन नियाली हेर

 

देशको रक्षा गर्न कार्यकर्ता खटाउने गर

हैन भने देश हाम्रो देश नै रहन्न

सहिदको मूल्य अब कहीँ भेटिन्न

तिम्रो पहिरनझैँ देशलाई पनि सिँगार्ने गर

 

सीमा रेखा मिचिँदा त केही आवाज निकाल

हैन भने देश हाम्रो देश नै रहन्न

 सहिदको मूल्य अब कहीँ भेटिन्न

तिमीले दिन नसकिने कुराको आश्वासन नदिलाऊ

 

जनजीवनमा सक्छौ भने वाधा अवरोध हटाइदेऊ

हैन भने देश हाम्रो देश नै रहन्न

सहिदको मूल्य अब कहीँ भेटिन्न

देशको सुन्दर वातावरणको जगेर्ना गर्न सिकौँ

 

बेरोजगार भत्ताको सट्टा रोजगारमूलक वातावरण बनाऊँ

हैन भने देश हाम्रो देश नै रहन्न

सहिदको मूल्य अब कहीँ भेटिन्न

सपाङ्ग भएर पनि काम गर्न नखोज्नेलाई 

 

अपाङ्ग तथा दुःखीहरूको शोषण गर्नेलाई

जनजीवन कष्टकर बनाउन खोज्नेलाई

कार्बाहीको व्यवस्था हुनैपर्छ

हैहैन भने देश हाम्रो देश नै रहन्न

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

दलाल र भ्रष्टाचारको यहाँ अन्त्य गरौँ

दुःखी र निमुखाको यहाँ उद्धार गरौँ

हैन भने देश हाम्रो देश नै रहन्न

 

सहिदको मूल्य अब कहीँ भेटिन्न

किसानदेखि नेतासम्म जो कसैलाई 

कर्तव्य महसुस हुनुपर्छ अस्तित्व जोगाउनलाई

हैन भने देश हाम्रो देश नै रहन्न

सहिदको मूल्य अब कहीँ भेटिन्न ।

स्रो : रातो खबर साप्ताहिक

२०७४ फागुन १७ गते अपरान्ह ५ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :