केपी ओली सरकारको प्रतिक्रान्तिकारी हर्कत – विप्लव

 केपी ओलीको सरकार बनिसकेपछि प्रतिक्रान्ति खहरे जस्तो भएर बौलाएको छ । गद्दारीको आहालमा सुगुर जस्तो डुबेको प्रचण्डको उक्साहटमा केपी सरकारले यो हर्कत गरेको हो । सबै नागरिक विशेषतः क्रान्तिमा सहभागी जनतालाई थाहा छ शान्ति प्रक्रिया शुरु भएपछि महान् जनयुद्धका विरुद्ध प्रतिक्रान्ति विभिन्न रुपरङ्गमा देखियो । पार्टी भित्रको आत्मासमर्पणवादी, विसर्जनवादी गद्दारी र पार्टी बाहिरको दलाल पुँजीवादी संसदवादी वेइमानहरुको गठजोडमा नेपाली जनतालाई पुँजीवादी दलाल संसदीय व्यवस्थाको गुलाम बनाउने प्रतिक्रान्तिकारी षडयन्त्र रचियो । हामीले यो बुझिसकेपछि त्यसका विरुद्ध निर्मम संघर्ष सञ्चालन गर्दै प्रतिक्रान्तिकारी सोच र क्रियाकलापलाई खारेज गरियो ।

हामीले २०६९ साल असारमा प्रचण्ड विरुद्ध विद्रोह गर्‍यौं । र संसदवादका सामु लत्रिन अस्वीकार गर्‍यौं । यो विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा दूरगामी प्रभाव छोड्ने निर्णय थियो । यो आत्मासमर्पणवाद विरुद्धको विद्रोह र क्रान्ति थियो । हामीले २०७२ सालको प्रतिक्रान्तिकारी संविधान र संसदीय व्यवस्थाको पुनस्र्थापनालाई अस्वीकार गर्‍यौं । र त्यसका विरुद्ध जनगणतन्त्रको संविधान घोषणा गर्‍यौं । साथै, जनप्रतिनिधि सभा र जनपरिषद निर्माण गर्‍यौं । त्यो संसदीय व्यवस्था र प्रतिmक्रान्तिका विरुद्ध गरेको दोस्रो विद्रोह र क्रान्ति थियो । २०७४ सालमा संसदवादी दलालहरुले कथित स्थानीय र केन्द्रीय संसदको चुनाव गरे । हामीले त्यसलाई सम्पूर्ण रुपले खारेज गर्‍यौं । 

नेपालमा मर्न थालेको संसदीय व्यवस्थालाई पुनर्जीवित गर्ने षडयन्त्रलाई नाङ्गेझार पार्‍यौं । त्यसका विरुद्ध विद्रोह ग¥यौं र एकखालको क्रान्ति गर्‍यौं । चिहानघाटमा पुगेको संसदीय व्यवस्थालाई फर्काउन पाएको भ्रममा संसदवादी दलाल पुँजीवादी तत्वहरुले संसदीय व्यवस्थाको संविधान कार्यान्वयन भएको र अब व्यवस्था स्थिर बन्ने राग अलापिरहेका छन् । यो उनीहरुको फगत आत्मासन्तुष्टिको रोइ कराई मात्र हो । 

यहाँ क्रान्ति उठेको छ । क्रान्ति सलबलाउँदै छ । प्रतिक्रान्ति र क्रान्ति आमनेसामने छन् । प्रतिक्रान्तिकारी दमन र क्रान्तिकारी विद्रोह चलिरहेको छ । केपीको पागलपन यसैको उदाहरण हो । प्रचण्ड र केपी मिलेर नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने, छापा मार्ने, मुद्दा लगाउने, यतिसम्म की सर्वस्वहरणसम्म गर्ने धम्कि दिइरहेका छन् । उनको अदालतमा हाजिर हुने या गिरफ्तार गर्ने धम्कि दिइरहेका छन् । धमास छोडिरहेका छन् । हुन सक्छ केही समय भित्र खुलामखुल्ला रुपले मार्ने घोषणा पनि गर्लान । यो सबै घोर प्रतिक्रान्तिकारी हर्कत हो । परन्तु यसलाई कुनै अनौठो, आश्चर्य र त्रासको विषय मानिएको छैन र मान्ने कुरा पनि भएन । यो त क्रान्तिका विरुद्ध प्रतिक्रान्तिकारी सत्ताले अपनाउने र प्रयोग गर्ने रवैया हो । उसको यही चरित्रले जनतामा समाप्त भएर जान्छ । केपी प्रधानमन्त्री भएपछि दिग्विजय भएको जस्तो भ्रम परेको होला । तर यो …को न्यानो मात्र हो भन्ने कुरा बुझे हुन्छ । यो राज्यलाई क्रान्तिलाई दमन गर्ने साधन बनाएको अवस्था छ । अदालत, प्रहरी, कानून सबैलाई जवर्जस्त क्रान्तिको घाँटी निमोट्ने मशिन बनाउन थालेको देखिन्छ । त्यो प्रयोग हुन पनि सक्ला । यो त हामीले र उनीहरुले प्रष्ट बुझेको विषय होकि क्रान्ति सबै यातना, दमन, विपत्ती झेलेर नै अगाडि जाने हो । हामीले क्रान्तिमा चुनौति मोल्ने भनेका थियौं । बुझेर नै मोलेको कुरा हो । नेकपाका नेता/कार्यकर्ता त्यसका लागि तयार नै छौं । बरु सत्य कुरा यो कि केपी यो राज्यक्रान्तिबाट त्रसित भयवित भएको छ । उनीहरु लुटको स्वर्गमा आरामले निदाउन पाएका छैनन् । बल्ल तल्ल पाएको गद्दी जोगाउन महामारी परेको छ । त्यही भएर बिना हिसाव बौलाहले कुकुरको जस्तो क्रान्तिकारीहरुलाई झम्टिन थालेका छन् । परन्तु क्रान्तिकारीलाई थाहा छ कि बौलाह कुकुरलाई कसरी कटबाँसको लठ्ठीले ठटाउ.नु पर्छ र पानीमा चोबल्नु पर्दछ भन्ने । 

हाम्रो स्पष्ट दृष्टिकोण छ, महान् जनयुद्धमा रगतद्वारा उठेका र स्थापित भएका जनताका प्रस्तावहरु(किसान, मजदूर, जनजाति, मधेशी, महिला)लाई इमान्दारीपूर्वक पूरा गर्नुपर्छ । राष्ट्रघाती सन्धि, सम्झौता खारेज गर्नुपर्छ । नेपाललाई दलाल संसदीय व्यवस्थाबाट वैज्ञानिक समाजवादमा पुर्‍याइ छाड्नु पर्दछ । यो लक्ष्य प्रतिक्रान्तिबाट होइन क्रान्तिबाट मात्र सम्भव छ । यो क्रान्तिका लागि नेकपा पूर्णरुपले प्रतिबद्ध छ । केपी र पिकेले बुझेकै जस्तो लाग्छ, दमनबाट क्रान्ति सकिदैन, आतकं र त्रास देखाएर क्रान्ति राकिदैन । क्रान्ति त बस्तुगत आवश्यकता र सचेत पहलकदमीको यस्तो परिणाम हो जसलाई कुनै पनि तागतले रोक्न र समाप्त गर्न सक्दैन । 

नेपालमा संसदवादी दलालहरुबाट धोका भएको छ । माओवादी भित्रका आत्मासमर्पणवादी तत्वहरुबाट धोका भएको छ । जनता अधिकार सम्पन्न भएका छैनन् । देश मुक्त भएको छैन । क्रान्ति पुनः भर्भराउँदै उदाउँदै छ । क्रान्ति उठ्ने छ । क्रान्ति ज्वालामुखी बनेर दन्किने छ । प्रतिक्रान्तिले जतिसुकै षडयन्त्र गरेपनि क्रान्ति त्यसमाथि चढेर समाप्त त्यसलाई समाप्त पार्ने छ । 

          
२०७४ फागुन १७ गते साँझ ७ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :