नेकपाका नेता पदम राई रिहा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जनसरकार उपप्रमुखसमेत रहेका पदम राई ‘विकास’ र अर्का स्थानीय नेता उद्धव बस्नेतलाई बुधबार रिहा भएका छन् । उनीहरूलाई यही फागुन ६ गते मोरङ्को विराटनगरमा युवा जनस्वयं सेवकको राष्ट्रिय सम्मेलनमा जाँदै गर्दा हेमन्तप्रकाश ओली ‘सुदर्शन’, रार्इलगायतका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । सुदर्शनलाई मंगलबार विराटनगरको उच्च अदालतको आदेशमा रिहाइ भएका थिए । राईलाई भने भोजपुर जिल्ला अदालतको आदेशमा  प्रति व्यक्ति ३० हजार  धरौटीमा  रिहाइ भएका हुन् ।

२०७४ फागुन १६ गते अपरान्ह ५ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :