केपी सरकार वारेन्ट नेकपाले खारेज गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले फागुन १६ गते एक विज्ञप्ति जारी गर्दै केपी ओली र प्रचण्डको सरकारले उक्त पार्टीका महासचिव विप्लवलाई जारी गरेको वारेन्ट तथा सम्पत्ति रोक्का गर्ने आदेश आफ्नो पार्टीले खारेज गर्ने बताउनु भएको छ । उहाँले भन्नु भएको छ “हाम्रो पार्टीका महासचिव क.विप्लवको नाममा केपी ओली सरकारको भोजपुर जिल्ला अदालतले भोजपुर जिल्ला प्रहरी कार्यालयको जाहेरी प्रतिवेदनको हवाला दिदै विष्फोटक पदार्थ सम्बन्धी अभियोगमा ०७४ पौष ९ गते गिरफ्तार गर्न जारी गरेको वारेन्ट कपिलवस्तु जिल्ला शिवपुरी उहाँको दाजु चन्द्रबहादुर चन्दको घरमा टाँसिएको छ । हाजिर नभए अंश रोक्का र कब्जा गरिने कथित कानुनी धम्की पनि दिइएको छ । यस प्रकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको हाम्रो पार्टी पुरै खारेज गर्दछ ।” विज्ञप्तिमा प्रकाण्डले “ विद्यार्थी जीवन देखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनैतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विष्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पूर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनैतिक चरित्र हत्या गर्न गरिएको प्रपंच यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनिक निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ ।” भन्नु भएको छ ।  प्रकाण्डले “१० वर्षको जनयुद्ध, यसका उपलब्धीहरु, हजारौं जनयुद्धका सहिदहरुको रगत र नेपाली क्रान्तिका विरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताका विरुद्ध साम्राज्यवादीहरुको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ । त्यसपछि जनयुद्ध र एकीकृत जनक्रान्ति विरुद्धका अपराधीहरुलाई वारेन्ट पूर्जी जारी गर्ने छ ।” पनि बताउनु भएको छ । उहाँले “स्मरण होस् हामी राष्ट्रघाती, देश बेचुवा, दलाल, भ्रष्टाचारी, कमिशन खोर, महिला बेचुवा होइनौं ! के ओली प्रचण्ड गठबन्धन सरकारले हाम्रो बारेमा प्रश्न उठाउन सक्छ ? हाम्रो पार्टी र नेतृत्व त यसका विरुद्धको क्रान्तिमा छ । यसर्थ हाम्रो पार्टी महासचिव क.विप्लवलाई लगाईएको झुट्टा मुद्दा तुरुन्तै खारेज गरियोस् । यदि खारेज गरिएन भने हाम्रो पार्टी नेता कार्यकर्तालाई झुट्टा मुद्दामा फसाउने, गिरप्mतार गर्ने र पार्टीमाथि दमन गर्ने योजनाकार, अदालत एवं प्रशासनका कारिन्दा र सिआईडी सुराकी विरुद्ध कारबाही बढाउन पार्टी बाध्य हुने कुरा समेत स्पष्ट गर्दछ । यसबाट निष्किने भयावह परिणामको कारक तत्व ओली सरकार, प्रचण्ड ओली गठबन्धन र यो देशका दलाल तत्वहरु हुने छन ।” भनी चेतावनी पनि दिनु भएको छ । 

विज्ञप्तिको पूर्णपाठ –

२०७४ फागुन १६ गते अपरान्ह ५ : ५८ मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :