रन्जित तमाङमाथि गम्भीर आरोपसहित विद्यार्थीको विशेष भेला

सुशान क्षेत्री / चितवन : पुनरगठित नेकपा (माओवादी केन्द्र)ले विद्यार्थी संगठन पनि पुनर्गठन गरेको छ । माओवादी केन्द्रसँगै हालको नेतृत्व एमालेकरण भएको भन्दै अखिल (क्रान्तिकारी)को पनि पुनर्गठन गरेको हो । पुनर्गठित अखिल (क्रान्तिकारी)का संयोजक आलोक रायमाझीले माओवादी केन्द्रसँगै रञ्जित तामाङ नेतृत्वको अखिल (क्रान्तिकरी) शैक्षिक मुद्दा छोडेर माफियाकरण भएको बताएका छन् । शिक्षा क्षेत्रमा सबैभन्दा बढी माफिया एमालेकै नेताहरु र समर्थक भएको बताउँदै रायमाझीले अब तामाङ नेतृत्वको अखिल (क्रान्तिकारी)ले चाहेर पनि शैक्षिक मुद्दा उठाउन नसक्ने बताए । अब उसले चाहेर पनि शैक्षिक मुद्दालाई उठाउन सक्दैन, विद्यार्थी आन्दोलन नयाँ शिराबाट उठाउन अखिल (क्रान्तिकारी)लाई पुनरगठन गरेका हौं” संयोजक रायमाझीले भने । ई–रातो खबरसँग कुरा गर्दै उनले अब तमाङ समूह क्रान्तिकारी नभएको बताउँदै बास्तविक क्रान्तिकारी आफूहरु भएको दाबिसमेत गरे । संयोजक रायमाझीले माओवादी केन्द्रले विचार र राजनीतिलाई छोडेसँगै तामाङ नेतृत्वको अखिल (क्रान्तिकारी) पनि माफियाको संरक्षणमा लाग्ने निश्चित भएको बताए ।
सोल्टीमोडमा रहेको होटल प्लाटिनममा बुधबार सम्पन्न भएको भेलालाई पुनर्गठित माओवादी केन्द्रका संयोजक गोपाल किराती, नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरण, लोकेन्द्र बिष्ठमगर, विश्व भक्त दुलाल आहुतीलगायतले सम्बोधन गरेका छन् ।
२०७४ फागुन १६ गते दिउँसो ४ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :