नेकपाका नेता सुदर्शन रिहा / विकासलाई झुट्टा मुद्दामा भोजपुर लगियो

झनक श्रेष्ठ / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ मंगलबार रिहाइ भएका छन् भने पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ लाई थप अनुसन्धान गर्ने भन्दै भोजपुर लगिएको छ । उनीहरूलाई यही फागुन ६ गते मोरङको विराटनगरमा आयोजित युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनमा जाँदै गर्दा ओली र राईलगायतका नेता–कार्यकर्तालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको थियो । सुदर्शनलाई विराटनगरको उच्च अदालतले बन्दी–प्रत्यक्षीकरण मुद्दाका रिहाइ गरेका हुन् । विकासलाई भने प्रहरीले भोजपुर जिल्ला अदालतमा झुट्टा मुद्दाका लागि थप अनुसन्धान गर्न लगिएको समाचार प्राप्त भएको छ ।
२०७४ फागुुन १५ गते साँझ ६ : २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :