क्रान्तिकारी विद्यार्थी संगठनद्वारा कडा संघर्षको कार्यक्रम घोषणा

काठमाडौं : अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका महासचिव दिपेन्द्र चलाउनेलगायतका नेता–कार्यकर्तालाई रिहाइ नगरेको भन्दै मंगलबार कडा संघर्षको कार्यक्रम घोषणा गरेको छ । संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले आज एक विज्ञप्ति जारी गर्दै देशव्यापी विरोध प्रदर्शनदेखि आम हड्तालसम्मको कार्यक्रम घोषणा गरेका छन् । अध्यक्ष सिंहले महासचिव चलाउने, सचिवालय सदस्य गणेश रैकाल, केन्द्रीय सदस्य सन्तोषी भट्टराईलगायतका ओली सरकारले गुण्डागर्दी शैलीमा गरिएको गिरफ्तारी निन्दा गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘समाजिक दलाल पुँजीवादी सत्ताको तुच्छ हर्कतले उनीहरूले दुहाई दिंदै आएको कथित लोकतन्त्रको मुखुण्डो धुजाधुजा भएको छ ।’ गिरफ्तारीमा परेका संगठनका महासचिवलगायत सबै कमरेडहरूको बिनासर्त यथाशीघ्र रिहाइ जोडदार मागसमेत गरेको अध्यक्ष सिंह विज्ञप्तिमा उल्लेख छ । अध्यक्षद्वारा जारी गरेका संघर्षका कार्यक्रमहरू फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रिया, फागुन २० गते आम शैक्षिक हड्ताल अधिकार सुनिश्चितताका लागि संघर्षका कार्यक्रमहरू घोषणा गरिएको छ ।

२०७४ फागुन १५ गते अपरान्ह ५ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :