प्यूठानमा किसान सघंको भेला सम्पन्न

गोविन्द विक / प्यूठान : अखिल नेपाल किसान संघ (क्रान्तिकारी) प्यूठानको जिल्ला भेला प्यूठानको जुम्रीमा सम्पन भएको छ । सोमबार सम्पन्न भएको भेलाले रणबहादुर थापा मगरको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलामा प्यूठान जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट सहभागी रहेका किसान संघका प्रतिनिधिहरुलाई नेकपा प्यूठानका जिल्ला इन्र्चाज विष्फोट र सेक्रेटरी अजयले प्रशिक्षण मुलक मन्तव्य दिनु भएको थियो । भेलामा सहभागी भएका प्रतिनिधि तथा संघका जिल्ला समितिका सदस्यहरुले नेकपाले लिएको एकीकृत जनक्रान्तिको अभिभारालाई पुरा गरी समग्र प्यूठान र देशभर रहेका किसानहरुको हकहित र अधिकारको लागि आफुहरु सदैब लडिरहने प्रतिबद्वतासमेत व्यक्त गरेका छन ।

२०७४ फागुन १५ गते अपरान्ह ३ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :