सलमानको कार्यक्रमको विरोध र भत्र्सना

काठमाडौं : आउँदो फागुन २६ अर्थात् १० मार्चका दिन ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजनाअन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न अखिल नेपाल जनसांस्कृतिक महासङ्घले माग गरेको छ । महासङ्घका महासचिव खेम थपलियाले १५ गते एक वक्तव्य निकाल्दै विरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नेपालमाथि भारतीय राजनीतिक मात्रै होइन, सांस्कृतिक अतिक्रमणसमेत तीव्र पारिएको छ । नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन्, भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजनाअन्तर्गत हुन लागेको छ ।”

 

विरोध गर्नुपर्ने कारण स्पष्ट पार्दै थपलियाले भन्नुभएको छ, “नेपालमा विईङ ह्युमनको नामबाट सामानहरू बिक्री गर्दै भारतीय जनताको लागि सहयोग गर्दै आएका नायक खान नेपाली जनताका लागि समेत प्रिय पात्र हुन् । कलाको हिसाबले उनी निकै लोकप्रिय छन् तर त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र संवद्र्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन । उनी कलाकारको हिसाबमा नेपाल आऊ÷जाऊमा कुनै अवरोधको नीति नरहेको तर रक्सी, मदिराका प्रवद्र्धनको लागि नेपाल आउने, प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट काट्ने कार्य नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित छ । त्यसैले ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम तत्काल रोक्न हामी सरोकारवाला सबैलाई हाम्रो विनम्र आग्रह छ ।”

वक्तव्यमा छ, “कार्यक्रममा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेको प्रति हाम्रो गम्भीर आपत्तिसमेत रहेको छ । हाम्रो सङ्गठन भारतीयहरूको यसप्रकारको गलत नियत तथा नीतिको तीव्र विरोध र भत्र्सना गर्दछ । र, अन्य सहयोगी एजेन्सीलाई कुनै पनि सहयोग नगर्न हामी यसै प्रेस विज्ञप्तिमार्फत् सबैलाई आग्रह गर्न चाहन्छौँ । जबर्जस्ती गर्न खोजे, अन्यथा रूपमा लिइए, त्यसबाट उत्पन्न हुने आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिद्वारा स्पष्ट पार्न चाहन्छौँ” भनिएको छ । वक्तव्यको पूर्णपाठ –


२०७४ फागुन १५ गते दिउँसो २ : १७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :