विप्लवको नाममा वारेन्टः सम्पत्ति सर्वस्वहरण

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको दाइ चन्द्रबहादुर चन्दको कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरेको छ । महासचिव विप्लवलाई ज्यान मार्ने तथा विष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न उक्त पुर्जी टाँस गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरले गत मंसीर १० गते दर्ता गरेको मुद्दालाई कार्यान्वयन गराउन कपिलबस्तु जिल्लाको वडा प्रहरी कार्यालयलाई पत्र लेखेको थियो । तर रामबहादुर थापा(बादल) गृहमन्त्री भएको पर्सीपल्ट पुर्जी टाँस गरिएकाले उक्त कार्यलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । उक्त पुर्जीसँगै टाँसिएको अर्को पत्रमा कमरेड विप्लवको अंश रोक्का गरिने उल्लेख गरिएको छ । यदि २ वर्षसम्म गिरफ्तारी नदिएमा रोक्का सम्पूर्ण अंशमा कुनै हक नलाग्ने कुरा उल्लेख छ । केपी ओली सरकार र बादलको गृहमन्त्रालयले यसरी पुर्जी टाँस्नु र अंशमा रोक लगाउनुले जनयुद्धकालमा तत्कालीन सत्ताले प्रचण्ड, बादलहरुमाथि लगाइएको मुद्दाको झल्को दिएको छ ।   

२०७४ फागुन १५ गते बेलुका ९ : ४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :