नरसंहाकारी आक्रमण

काठमाडौं : अखिल (क्रान्तिकारी)ले अमेरिका र रसियन फौजले सिरियामा गरेको अन्यायपुर्ण आक्रमणको विरोध गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसलगायत उपत्यकाका सबै क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । मानव अधिकारको रक्षाका लागि अपिल र उत्तर साम्राज्यवाद अमेरीकालाई पछि हट्न चेतावनी दिदै प्रदर्शन गरेको अखिल (क्रान्तिकारी)ले जनाएकोछ । सोमबारको प्रदर्शनमा संगठनका महासचिव दिपेन्द्र चलाउनेलगायत गिरफ्तार नेताकार्यकर्ताको रिहाइको र मानव अधिकारको ठाडो उल्लंघन गर्दै सिरियामा गरेको आक्रमणको विरोध गर्दै सांकेतिक प्रदर्शन गरेको संगठनका सचिवालय लोकेश बिश्वकर्माले जानकारी दिएका छन् ।
२०७४ फागुन १४ गते साँझ ७ :०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :