देशव्यापी रूपमा सहिद सप्ताह र दिवस मनाउँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले १० वर्षे जनयुद्धमा सहिद भएकाहरुको सम्झना गर्दै सोमबारबाट देशव्यापी रूपमा सहिद सप्ताह कार्यक्रम गर्दै छ । माओवादीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ ।यसैगरी जनयुद्धका सहिद तथा बेपत्ता परिवार समाज, केन्द्रीय समितिद्वारा सहिद सप्ताह २०७४ को सन्दर्भमा आयोजित सहिद तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रम काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहिद प्रतिस्थान नेपालका पूर्व अध्यक्ष ताथ हाल सल्लाहकार एवं बेपत्ता योद्धा परिवारका सल्लाहकार एकराज भण्डारी, महानसहिद कृष्णसेन इच्क्षुकका जीवन संगिनी तक्मा केसीले मन्तव्य मात्र दिदै क्रान्तिको पूर्णताको शुभकामना पनि दिनुभएको थियो । कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा परिवारका ५ दर्जन भन्दा बढिलाई अभिनन्दन पत्र, घडिसहित अबिर लगाएर आयोजकले सम्मान गरेका छन् । उक्त कार्यक्रमको अध्यक्ष जसबहादुर स्याङतानको अध्यक्षता सहनी थामीको सञ्चालनमा सम्पन्न भएको छ । त्यसैगरी नेकर्पाको अन्तर्राष्ट्रिय ब्युरोअन्तर्गत पर्ने नेपाली जनप्रगतिशील मोर्चा, कतारले २३ औं जनयुद्ध दिवस र सहिद सप्ताह यही फेब्रुअरी २३ तारिख शुक्रबार सम्पन्न गरेको छ । जनयुद्ध दिवसमा सरिक हुनुभएका प्रमुख अथिति र विशेष अथिति र अथितिहरूले संसदीय दलाली सत्ताका मालिकहरूले स्वदेशमा जनतामाथि पुनः दमन गरी राखेकाले जनताका अधिकारहरूलाई कुण्ठित बनाएर राष्ट्रको ढुकुटी लुट्न हरेक किसिमका अपवित्र गठबन्धन र सत्ता साझेदारी गरी देश र जनतालाई लुटिराखेका छन् । यसलाई निर्मूल पार्न मात्र एउटै विकल्प छ, एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गरे मात्र देशले स्थीरता, शान्ति, सुव्यवस्था पाउनेछ भनेर आफ्ना धाराणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मोर्चा सल्लाहकार श्रीकृष्ण भट्टराई र कार्यक्रम सभाध्यक्ष मोर्चा अध्यक्ष भक्तबहादुर शाहीले व्यानर खोल्दै मैनवत्ती बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भएको कार्यक्रममा उपस्थित सबैलाइ स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन साजन गुरुङले गरेका थिए । यसैगरी नेकपा कञ्चनपुरको आयोजनामा सहिद सप्ताह सहिद तथा बेपत्ता योद्धा परिवारलाई अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।यसैगरी नेकपा कञ्चनपुरले सहिद तथा बेपत्ता योद्धा परिवारलाई सहिद सप्ताह को अवसरमा सम्मान तथा अभिनन्दन कार्यक्रम गरेको छ । कञ्चनपुरको वेनगरपालिका दैजी सामुदायिक वनको सभाकक्षमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेकपाका जिल्ला सचिव परिवर्तनको अध्यक्षतामा र पार्टीका इन्चार्ज अग्निको प्रमुख आतिथ्य र कार्यालय सचिव विरेन्द्र शाहले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको नेकपा कञ्चनपुरले जनाएको छ । यसैबीच सोही अवसरमा नेकपा कञ्चनपुरले सोमबार साँझ दीप प्रज्वलन पनि गरेको समाचारमा जनाएको छ ।त्यसैगरी सहिद सप्ताहको अवसर पारेर नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) संयुक्त रुपमा आयोजना गरेको जनयुद्धका सहिद, बेपत्ता योद्धा परिवार तथा घाइते योद्धा सम्मान कार्यक्रम काभ्रेमा सोमबारै सम्पन्न गरेको छ ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका पिबीएम तथा सहिद तथा बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय संयोजक समेत रेहका नेता दिनेश शर्मा‘सागर’ले एमाले अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारलाई दलालहरुको सरकारको संज्ञा दिंदै जनताका समस्याहरु समाधान गर्नका लागि क्रान्तिको तयारीमा रहेका पार्टीका नेता कार्यकर्तामाथि बिनाकारण धरपकड गर्ने र दमन गर्ने गरेको भन्दै नेता सागरले प्रचण्डहरुले रोक्न खोजेर नयाँ जनवादी क्रान्ति नरोकिने बताएका छन् ।

क्रान्तिको प्रक्रिया अगाडि बढाउन छरिएर रहेका सबै क्रान्तिकारीहरु एउटै झण्डामुनि गोलबन्द हुने प्रक्रिया जारी रहेको बताउँदै नेता सागरले सहिद तथा बेपत्ता योद्धाहरुका क्रान्तिका अधुरा सपना पूरा गर्ने प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा नेकपाका नेता बाबुराम गजमेरले क्रान्तिका लागि भौतिक सुख सुविधा त्याग्दै फेरि पनि बलिदानीपूर्ण संघर्षमा होमिन क्रान्तिकारीहरु तयार रहनुपर्ने भन्दै क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर मात्र सहिदहरुप्रति सच्चा सम्मान हुने धाराणा बताएका छन् । कार्यक्रममा नेकपाका नेता हिमक, माणिक लामा, क्रान्तिकारी माओवादीका केस हरिकृष्ण गजुरेल र सहिद परिवारको तर्फबाट कृष्णप्रसाद गौतमले बोलेका थिए ।

कार्यक्रमको क्रान्तिकारी माओवादीका केस तथा काभ्रे सेक्रेटरी सोनाम तामाङको अध्यक्ष सञ्चालन नेकपाका काभ्रे इन्चार्ज शरद रसाइलीले गरेका थिए । यसैबीच कोभ्रेकै चौरी देउरालीमा भएको कार्यक्रमका प्रमुख अतिथि नेता सागरलगायत अतिथिहरुले सहिद तथा बेपत्ता योद्धा परिवार र घाइते योद्धालाई क्रान्तिकारी माओवादी र नेकपाका तर्फबाट सम्मान पत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यसैगरी शहिदहरुको सम्झनामा सहिद तथा बेपत्ता परिवारहरुलाई सोमबार दाङका विभिन्न ठाउँमा अभिनन्दन गरिएको छ ।

बलिदान दिवस तथा सहिद सप्ताहको अवसरमा नेकपा र नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) दाङले संयुक्त आयोजनामा जनयुद्धका सहिद परिवारहरुलाई विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको छ ।

दाङको तुलसीपुर र घोराही ३ बेलुवामा संयुक्त आयोजना र गढवा र राजपुर राप्ती गाउँपालिकामा नेकपा दाङको आयोजनामा सहिद परिवारहरुलाई सम्मान पत्र तथा प्रतिबद्धता पत्रले अभिनन्दन गरेका हुन् ।घोराही ३ बेलुवाको सहिदपार्कमा भएको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नेकपा दाङका इन्चार्ज सविन पोख्रेलले जनयुद्धका सहिदहरुको रगतको मुल्य चुक्ता गरिछाड्ने अठोट व्यक्त गरेका छन् ।

९ जना निर्दोष किसानहरुको सामुहिक हत्या भएको सम्झनामा निर्माण गरिएको सहिदपार्कमा नेकपा क्रान्तिकारी माओवादीका ५ नं. प्रदेश सदस्य माधव खनालको अध्यक्षतामा भएको कार्यक्रममा घोराही नगर इन्चार्ज बिहानी चौधरी, सहिद परिवारबाट सुन्दर चौधरी, क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी चौधरी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष जानकी चौधरीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपाका नगर सेक्रेटरी जनक विकले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडेले गरेका थिए । यसैबीच दाङको तुलसीपुरमा पनि नेकपा र नेकपा (क्रान्तिकारी माओवादी) दाङको संयुक्त आयोजनामा सहिदहरुलाई अभिनन्दन गरिएको छ ।

नेकपाका राप्ती ब्यूरो सदस्य तथा वेपत्ता परिवारका केन्द्रीय सदस्य राम बहादुर थापा सुन्दरको अध्यक्षता तथा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणी दुखीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन तुलसीपुर नगर इन्चार्ज किरण डांगीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जनयुद्धका अधुरा सपना पूरा गर्न क्रान्तिमा सहिदपरिवारहरुको ठूलो साथ र सहयोगको अपेक्षा रहेको बताएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा आज नै देउखुरीको राजपुर, गढवा र राप्ती गाउँपालिकामा पनि त्यहाँका सहिदपरिवारहरुलाई अभिनन्दन गरेको दाङबाट हाम्रा सहकर्मी जानकी दहितले जानकारी दिएकी छन् ।

२०७४ फागुन १४ गते साँझ ६  : ४५मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :