नेकपा सुनसरीले सहिद दिवस मनायो

रोहित ढकाल / इटहरी : दश वर्षे जनयुद्धमा सहिद भएका योद्धाहरुको सम्झाना गर्दै  साेमबार नेपाल कम्युनिस्ट पार्टी सुनसरीले सहिद परिवार भेटघाट तथा सहिद दिवस मनाएको छ । सहिद राजकुमार खड्काको सम्झानामा उहाँको बाबु लिलुम खड्का र आमा नेत्रमाया खड्कालाई नेकपाका सुनसरी इन्चार्ज प्रज्वलले अभिनन्दन प्रत्रसहित खादा ओडाएर सम्मान गरेका हुन्। सहिद खड्कालाई २०६० साल असोज २४ गते सेनाले घरैबाट गिरफ्तार गरी धनकुटा जिल्लाको सान्ने ठाउँमा हत्या गरेको थियो । सुनसरी जिल्ला भरी ६३ जना सहिद परिवार रहेकोे थियो भने १४ जना बेपत्ता रहेका छन् । सबै सहिद बेपत्ता परिवारलाई उहाँहरुकै निवासमा भेटी सहिदको सम्झानामा सम्मान व्यक्त भइरहेको सुनसरीका इन्चार्ज प्रज्वलले बताएका छन् । कार्यक्रम सञ्चालन सुनिता राईले गरेकी थिइन् ।
२०७४ फागुन १४ गते अपरान्ह ५ : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :