नगरपालिका कार्यालयमा बम विष्फोट

काठमाडौं : बद्र्रिया जिल्लाको मधुवन नगरपालिका ५ रत्नचोक (साविक १७ नम्बर) बजार स्थित नगरपालिकाको कार्यालयमा आइतबार शक्तिशाली बम विष्फोट भएको छ । उक्त नगरपालिकाका मेयर गणेबहादुर क्षेत्री (कृष्ण केसी)लाई पटक पटक पीडित सुकुमबासीहरुले उचित बासको व्यवस्था नगरी नउठाउन अनुरोध गर्दागर्दै सुनुवाई नगरेको आरोपमा सो कारबाही गरेको हो । समस्या समाधान नभए थप उच्च स्तरको कारबाही गर्ने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार उक्त नगरपालिका हुनुपर्ने सुकुमबासीे संघकोे चेतावनी छ । लामो समयदेखि सुकुमबासीहरु आफूहरुलाई उचित व्यवस्थाको माग राख्दै आन्दोलन गर्दै आएको थियो ।

२०७४ फागुन १४ गते दिउँसो २ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :