सहिद सप्ताह आजबाट सुरू / देशव्यापी रूपमा सहिद सप्ताह मनाउँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले  १० वर्षे जनयुद्धमा सहिद भएकाहरुको सम्झना गर्दै सोमबारबाट देशव्यापी रूपमा सहिद सप्ताह कार्यक्रम गर्दै छ । माओवादीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसैगरी जनयुद्धका सहिद तथा बेपत्ता परिवार समाज, केन्द्रीय समितिद्वारा सहिद सप्ताह २०७४ को सन्दर्भमा आयोजित सहिद तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रम कोठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सुरू भएको छ ।

उक्त कार्यक्रम सहनी थामीको सञ्चालनमा भइरेहको बताइएको छ । त्यसैगरी उता नेकपाको अन्तर्राष्ट्रिय ब्युरो अन्तरगत पर्ने नेपाली जन प्रगतिशील मोर्चा कतारले २३ औं जनयुद्ध दिवस र सहिद सप्ताहा यहि फेब्रुअरी २३ तारिख शुक्रबार सम्पन्न गरेको समाचार छ । 

२०७४ फागुन १४ गते बिहान ११ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :