जनप्रतिनिधीहरुलाई तत्काल राजीनामा गर्न जनसत्ताको चेतवानी पत्र

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट भेरी कर्णाली जनपरिषद (जनसत्ता)अन्तर्गत रहेको जिल्ला जनपरिषद सुर्खेतले सुर्खेतका स्थानीय सबै जनप्रतिनिधिको राजीनामा माग गर्दै पत्र पठाएको छ । जिल्ला जनपरिषद प्रमुख हरि पालीले जनप्रतिनिधिहरुलाई राजिनामा गर्नुको साथै वैज्ञानिक समाजवाद स्थापना गर्न सहयोग गर्न पठाएको बताएका छन् । पत्रमा विस्तृत शान्ति सम्झौता उल्लघन गरेको, प्रचण्ड, बाबुरामले आत्मसर्मपणसहित नेपाली कांग्रेस र नेकपा एमालेले गम्भीर प्रकारको धोका दिएको उल्लेख गरिएको छ । पत्रमा जनप्रतिनिधिले कमिसन र जनताको ढाड सेक्नेगरी कर वृद्धि गर्ने कार्यमा जनप्रतिनिधि लागेको जानकारी भएको बताइएको छ ।

राजिनामा दिन पठाएको पत्रमा भनिएको छ ‘कथित संसदीय चुनावमा तपाईँलाई उम्मेदवार नहुन र खारेज अभियानमा साथ दिन हाम्रो पार्टीले अपील गरेको थियो । यो अपिललाई तपाईँले उलंघन गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यति मात्रै होइन कथित चुनावबाट विजयी भएपछि कमिसन खोर भ्रष्टचार, जनताको ढाड सेक्ने गरी कर असुलीमा लाग्नु भएको कुरा बुझिन्छ । खारेज अभियानमा सहभागी जनमतको पूरै अवज्ञा गर्ने्तिर लाग्नु भयो । तपाईँलाई जानकारी हुनुपर्ने, देशमा दुई सत्ता छ, जनताको पनि आफ्नै सत्ता छ । दलाल संसदीय संघीय पुँजिवादी व्यवस्थाबाट होइन जनताको वैज्ञानिक समाजवादी सत्ताबाट मात्र देश र जनताको पूर्ण मुक्ति पाउने छन्, जुन व्यवस्था स्थापनाको लागि तपाईँको साथ र सहयोग हुनेछ ।’
२०७४ फागुन १४ गते बिहान १० : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :