नेकपाद्वारा देशको विभिन्न शहरमा जनप्रदर्शन

रुपन्देही

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले सरकारी दमन र  प्रहरी हस्तक्षेपको विरुद्ध देशको विभिन्न शहरमा विरोध प्रदर्शन गरेको छ । फागुन ६ गते मोरङको विराटनगरबाट नेकपा स्थायी सदस्य हेमन्तप्रकाश ओलाी ‘सुदर्शन’ र पोलिट ब्युरो सदस्य पदम राई ‘विकास’लाई युवा संगठनको कार्यक्रममा सहभागी हुँदै गर्दा गिरफ्तार गरेपछि सो पार्टीले रिहाइको माग गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको छ । यसैबीच नेकपा चितवनले चितवनको भरतपुर महानगरपालिका २५ स्थित शुक्रानगर जनप्रदर्शन गरेको छ । जनप्रदर्शनमा सयौ जनाको सहभागितासहित कार्यक्रम सम्पन्न भएको हो । सभालाई नेकपाका नगर इन्चार्ज भिजनले सम्बोधन गरेका छन् । त्यस्तै रुपन्देहीको बुटवलमा जनप्रदर्शन सम्पन्न भएको समाचार छ ।
२०७४ फागुन १३ गते साँझ २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :