नेकपाका जिल्ला नेता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका सेक्रेटरी डा. शेरबहादुर थापालाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार मध्य रातीको समयमा घर सुतिरहेको अवस्थामा घर घेरा हालेर बिनाकारण गिरफ्तार गरेको गरेका हुन् । सेक्रेटरी थापाको घरमा छापा मारेकाे, परिवारलाई तर्साएकाे तथा धम्काउनुको साथै गिरफ्तार गरेकोप्रति नेकपाका स्याङ्जा इन्चार्ज आक्रोषले आइबार प्रेस वक्तव्य जारी गरी घोर भत्र्सना गरेका छन् । उनले आफ्ना नेताकार्यकर्तालार्इ बिनासर्त रिहाई नगरे कडा संघर्ष गर्न बाध्य हुने त्यसबाट उत्पन्न हुने परिणाम जिम्मेवार स्वयम ओली सरकारले लिनु पर्ने बताएका छन् ।

२०७४ फागुन १३ गते दिउँसो १ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :