चितवनमा विद्यार्थी जिल्ला सम्मेलनको तयारी तीव्र

सुशान क्षत्री /चितवन : अखिल (क्रान्तिकारी) चितवनका विद्यार्थीहरुले ३० आंै जिल्ला सम्मेलनको तयारी तीव्र बनाएका छन । आगमी फागुन २१ गते तोकिएको जिल्ला सम्मेलन “ वैज्ञानिक सामजवादी शिक्षा र सुद्रिढ संगठनका लागि ३० आंै जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ सम्पन हुँदै छ । चितवनका कारीब १८ वटा ठुला चुनाव हुने क्याम्पस, ऋत्भ्ख्त् का करिब १५ वटा क्याम्पस, दुई वटा मेडिकल, ५० वटा भन्दा बडी सरकारी स्कुल र १४ वटा ठुला निजी क्याम्पसबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु सम्मेलनमा साहभगितामा रहने अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रेम चौधरीले बताउनु भयो । सम्मेलन सफल पार्नको निम्मित विभिन्न क्याम्पसमा संगठन निर्माण कार्यक्रम गरिरहेको उहाँले जानकारी गराउनु भयो । संगठन निर्माणको लागि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश चन्दको नेतृत्वमा विभिन्न क्याम्पसमा कार्यक्रम भएको छ । चितवनको बिरेन्द्र क्याम्पस र ल्एक्ष् मा विशेष अभियान सञ्चालन गरेको केन्द्रीय सद्स्य चन्दले जानकारी गराउनु भयो ।

२०७४ फागुन १३ गते बिहान १२ : ४० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :