मधेशी मोर्चाको अध्यक्षमा शाहलाई चयन गर्दै दोस्रो राष्ट्रिय भेला सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा (क्रान्त्किारी)को अध्यक्षमा देवनाराण शाहलाई चयन गर्दै दोस्रो राष्ट्रिय भेला धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । उक्त मोर्चाको भेलाले शाहको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । लक्ष्मी मण्डलको अध्यक्ष्तामा भएको कार्यक्रमा प्रमुख अतिथिको रुपमा बोल्दै पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा ‘विरही’ले गणतन्त्र आए पनि जमिन जोत्नेहरुको नभएको बताउनु भयो । राष्ट्रिय स्वाधीन्ताको पक्षमा मदेशमा बस्ने आम जनताको नेतृत्व गर्दै यो मोर्चा अगाडी बढ्नु पर्ने उहाँले बताउनु भयो । एकीकृत जनक्रान्तिको कार्यभारलाई लागु गर्ने जिम्मा पनि उक्त मोर्चाको काधमा आएको पनि नेता विरहीले बताउनुभयो । त्यस्तै अतिथिहरु पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेल, देवनारायाण शाह, केन्द्रीय सल्लाकार समितिका सदस्य राम लखन, धनुषा इन्चार्ज राजुकार्की, सहिद पवरिवारका आदम कवारीले बोलेका थिए । कार्यक्रमा विष्णुु पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

२०७४ फागुन १२ गते अपरान्ह ५ :४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :