ओली सरकारको दमन विरुद्ध देशव्यापी विरोध प्रदर्शन हुँदै

फाइल: तस्विर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्री केपी ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध शनिबार देशैभरी विरुद्ध विरोध प्रदर्शन कार्यक्रम हुँदै छ । आइतबार मोरङको विराटनगरबाट पार्टीका स्थायी सदस्य हेमन्तप्रकाश ओलाी ‘सुदर्शन’ र पोलिट ब्युरो सदस्य पदम राई‘विकास’लाई युवा संगठनको कार्यक्रममा सहभागी हुँदै गर्दा गिरफ्तार गरेपछि नेकपा आक्रोशित हुँदै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकोछ । यसैबीच चितवनको भरतपुर महानगरपालिका वडा नं. ६ स्थित अन्नपूर्णचोकबाट विरोध प्रदर्शनसहित नाराजुलुश लागएर इटानगरबजारमा पुगेर विरोध प्रदर्शन सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ । नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले बाइसाकिलमा चढरे नाराजुलुशसहित लगाएर इटानगरबजारमा पुगेर विरोध प्रदर्शन सम्पन्न भएको हो ।

कञ्चनपुर

यस्तै कञ्चनपुरको महेन्द्रनगर बजारको मदन चोकमा विरोध प्रदर्शन गरिएको छ । विरोध सभामा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य विरेन्द्र शाह र मजदुर संगठनका केन्द्रीय सदस्य रामबहादुर सिंहले सम्बोधन गरेका छन् ।

सुनसरी

त्यसैगरी सुनसरीकाे  इटहरीमा रहेकाे पश्चिम रोड कान्छिचोकमा विरोध सभा सम्पन गरेको छ । 

त्यसैगरी दाङको नारायणपुर, पर्सेनी, शान्तिनगर र मौरीघातमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । सभामा बोल्ने वक्ताहरुले फागुन ६ गते विराटनगरमा युवाहरुको सम्मेलनमा राज्यले हस्तक्षेप गरि विनाकारण गिरफ्तार गरिएका पार्टीका स्थायी कमिटि सदस्य सुदर्शन र पिबिएम पदम राईलाई विना सर्त तुरुन्त रिहाइ गर्न आग्रह गरेका छन् ।

दाङ

तुलसीपुरको पर्सेनीमा भएको कार्यक्रममा योङ रेड फोर्सका जिल्लाका अध्यक्ष विरेन्द्र विक, घाइते अपाङबाट इश्वरी पाण्डेले बोलेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सदस्य मदन केसीले गरेका थिए । यसैगरी दाङको शान्तिनगरस्थित खिलतपुर, नाराणपुर, देउखुरीको मौरीघातमा विरोध प्रदर्शन सम्पन्न भएको छ । 

दाङ

नाराणपुर भएको प्रदर्शनपछिको कोणसभालाई दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य किसन विकले सम्बोधन गरेका थिए । देउखुरीको सभालाई मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य भिमप्रकाश पुनले सम्बोधन गरेका छन् । कपिलबस्तुको चन्रौटामा विरोध प्रदर्शन सम्पन्न गरिएको छ ।

कपिलबस्तु

कपिलबस्तुको जिल्लाको पश्चिम क्षेत्र चन्द्रौटा बजार र पुर्वी क्षेत्र प्रगतिनगरस्थित बरहवामामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । चन्द्रौटा बजारको सभालाई अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष रुपा बुढामगर, अनेम संघ (क्रान्तिकारी)का संयोजक ममताले सम्बोधन गरेकी छन् । कार्यक्रम सञ्चालन लोकेन्द्र चन्द ठकुरीको गरेका थिए ।

यसैबीच बरहवामाको सभालाई सन्तोष विक र कृष्ण घिमिरेको सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै स्थानीय नेताहरुले ओली सरकारले शान्तिपूर्ण कार्यक्रम गर्नलाई बन्देज लगाएको तथा नेताकार्यकर्ता गिरफ्तार गरेकोप्रति खेद प्रकट गरेका थिए। यदि नेताकार्यकर्ताको ससम्मान रिहाई नगरे कडा सङ्घर्ष गर्ने बताए । भने सञ्चालन कृपालले गरेका थिए ।

२०७४ फागुन १२ गते दिउँसो २ : २५ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :