संगठनका महासचिव चलाउनेलाई गिरफ्तार गरेकोप्रति उपाध्यक्ष तामाङको आपत्ति

सुशान क्षेत्री / चितवन : अनेरास्ववियु (क्रान्तिकारी)ले सम्मेलनलाई प्रभावित पार्ने उद्देश्यले संगठनका महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । संगठनका उपाध्यक्ष लालबहादुर तामाङले शुक्रबार विज्ञप्ति जारी गरेर २१ औं राष्ट्रिय सम्मेलनलाई प्रभावित पार्ने नियतले सरकारले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
“संगठनको काममा रहेका बेला सम्मेलन प्रभावित हुनेगरी कथित केपी ओली नेतृत्वको फासिवादी सरकारले आज विहान १० बजे संगठनका महासचिव दिपेन्द्र चलाउनेलाई मुकुण्डोशैलीमा काठमाडौँको ज्ञानेश्वर नजिकबाट गिरफ्तार गरी कमलपोखरीमा राखिएकोले आततायी फासिवादी चरित्रप्रति घोर भत्र्सना गर्दछौं” तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उपाध्यक्ष तामाङले महासचिव चलाउनेलाई तत्काल विनासर्त रिहाई नगरे सामाजिक दलालहरुलाई लखेट्ने अभियान थालनी गर्न बाध्य हुने चेतावनी दिएका छ ।

२०७४ फागुन १२ गते दिउँसो १ : १६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :