शिक्षक संगठनको अध्यक्षमा पाठक र महासचिवमा रूपाखेतीलाई चयन गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा घनश्याम पाठकलाई चयन गर्दै छैठौं राष्ट्रिय सम्मेलन कैलालीको धनगढीमा सम्पन्न भएको छ । उक्त संगठनको महासचिवमा रमेश रूपाखेतीलाई सर्वसम्मत चयन ७५ सदस्यीय केन्द्रीय सदस्य कार्यसमिति गठन गरिएको छ । सम्मेलनको उद्घाटन समारोह हुनुभन्दा अगाडि देशभरबाट कैलालीमा जम्मा भएका हजारौं शिक्षकहरुले आफ्ना पेशागत अधिकारका विषयहरु उठाई नाराजुलुससहित धनगढी बजार परिक्रमा गरेका थिए ।


सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले राज्यले शिक्षामा विभेद र शिक्षकलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरेको भन्दै सचेत रहन आग्रह गरेका थिए ।
कार्यक्रमका अर्का अतिथि नेपाल शिक्षक महासंघका केन्द्रीय महासचिव तिलक कुँवरले अधिकार र कर्तव्यका लागि सबै शिक्षकहरु एक हुनुको विकल्प नभएको र राज्यले कुनै पनि बहानामा अखिल नेपाल शिक्षक सङगठनमा आबद्ध शिक्षकहरुलाई दुख दिने काम गरेमा त्यसको प्रतिवाद गर्न महासंघ तयार रहेको बताए ।

कार्यक्रमका अध्यक्ष लालबहादुर बिसीले शैक्षिक माफियाहरुका विरुद्धमा लड्दा आफुहरु फुटेको सिसामा हाम फाल्ने दिन आएको बताउदै शैक्षिक समस्या समाधानको लागि सबै शिक्षकहरुलाई दह्रो भइ उभिन आग्रह गरेका थिए । घनश्याम पाठकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अन्य अतिथिहरुले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षण पेसामा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व एवं सहिद परिवार र अन्य भुमिका निर्वाह गर्नुहुने शिक्षकहरुलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन महासचिव गोपाल पाण्डेले गरेका थिए ।
२०७४ फागुन १२ गते  ११ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :