नेपाली जनसमाज भारतले बुझायो प्रम ओलीलाई गिरफ्तारीको विरोध पत्र

किङ थापा / दिल्ली : प्रधानमन्त्री केपि ओलीको सरकारले पछिलो चरणमा बिनाकारण नेपाल कम्युनिस्ट पार्टी तथा त्यसका जनवर्गीय संगठनका नेताकार्यकर्ता र शुभचिन्तकहरुलाई गिरफ्तारी तीव्र पारेको छ । देशैभरी भएको दमनको विरोध नेपालमा मात्र होइन विदेशमा रहने नेपालीहरुमा पनि देखिएको छ । शुक्रबार भारत प्रवासमा रहने प्रवासीहरुको नेतृत्वदायी संगठन प्रवासी नेपाली जनसमाज भारतले भारतको नयाँ दिल्लीमा रहेको नेपाली राजदुतावास मार्फत नेपालका प्रधानमन्त्रीलाई दमन तथा गिरफ्तारीको विरोध गर्दै जनसमाजका केन्द्रीय अध्यक्ष आजाद सेन थापाको हस्ताक्षर रहेको विरोध पत्र जनसमाजका केन्द्रीय उपाध्यक्ष दामोदर पङ्गेनीको नेतृत्वमा केन्द्रीय कोषाध्याक्ष भिमकान्त घिमिरे, केन्द्रीय सदस्यहरु लालबहादुर कुवर, दिल्लीराज पोखरेल राज्य सदस्यहरु बाबुराम वि.क, प्रेम नेपाली र धनकुमार गरि ७ सदस्य टोलीले बुझाएको छ । पहिलो चरणमा जनसमाजले विज्ञाप्ति निकालेर विरोध गरेको थियो भने दोस्रो चरणमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको छ । अब पनि नेपाल सरकारले दमन तथा गिरफ्तारी जारी राखे प्रवासी नेपालीहरुले तेस्रो चरणको विरोध कार्यक्रम गर्ने त्यतिले पनि नभए स्वदेश मै गएर सघर्षमा सहभागी हुने एक केन्द्रीय सदस्यले बताएका छन् ।

२०७४ फागुन १२ गते बिहान १० : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :