प्रहरीको घेराबन्दीमा २ विद्यार्थी नेता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीमाथि प्रहरी दमन र हस्तक्षेपको नीति लिएको सरकारले मानिसको स्वतन्त्र रुपमा हिंडडुल र लेखपढ गर्न पाउने अधिकारमाथि पनि धावा बोल्न थालेको छ । यसैबीच कास्की प्रहरीले नेकपानिकट अखिल (क्रान्तिकारी)का २ नेतालाई २२ घण्टादेखि पोखराको पृथ्वीनारायण क्याम्पसमा थुनेर राखेको समाचार प्राप्त भएको छ ।

शुक्रबार बिहान करीब ७ बजे क्याम्पस पढ्न गएका अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मिलन राई र कास्की जिल्ला अध्यक्ष काजी गुरुङलाई कास्की प्रहरीले २२ घण्टादेखि पोखराको पृथ्वीनारायण क्याम्पसमा थुनेर राखेको हो । आफुहरु कक्षा कोठामा पढिरहेका बेला सादा पोशाकका प्रहरीहरु ‘विप्लवका कार्यकर्ताहरू क्याम्पसभित्र छन् रे कता छन् पक्राउ गर्न पर्यो’ भन्दै आएको थाहा पाएर क्याम्पसबाट निस्कन खोज्दा सबै गेटमा प्रहरीहरु तैनाथ रहेको पाइएको केन्द्रीय सदस्य मिलन राईले जानकारी दिएका छन् ।
२०७४ फागुन १२ गते बेलुका १० : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :