देशैभरी केपी ओलीको पुत्लामाथि नेकपाद्वारा आगो लगाउने कार्यक्रम सम्पन्न

काठमाडौं : सरकारी दमन र प्रहरी हस्तक्षेपका विरुद्ध शुक्रबार देशव्यापी केपी ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ । आइतवार विराटनगरमा आयोजीत युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनमा जादै गर्दा नेकपाका नेताद्वय हेमन्तप्रकाश ओली‘सुदर्शन’ र पदम राई ‘विकास’लगायतका नेता कार्यकर्ताहरुलाई प्रहरीले विनाकारण पक्राउ गरेको तथा खुल्ला सभामाथि हस्तक्षेप गरेको विरोधमा सोपार्टीले बिहीबार देशव्यापी केपी ओलीको पुत्ला जलाउने कार्यक्रमको लागि निर्देशन गरेको थियो ।

पुर्व निर्धारित कार्यक्रम अनुसार चितवनको भरतपुर स्थित हाकिमचोकमा र चितवनकै टाँडीमा पुत्ला जलाउने कार्यक्रम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ । कार्यक्रममा नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नारासहित लगाएर हाकिमचोकमा केपी ओलीको पुत्लामा आगो लगाएको हो । त्यस्तै उता पूर्वी कमाणड अन्तर्गत धनकुटाको पाखीबास पनि केपी ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको हाम्रा धनकुटा संवाददाताले जानकारी दिएका छन् । यसैगरी स्याङ्जाको मायाटारी बजारमा केपी ओलिको पुत्ला दहन कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी सिन्धुलीको हरिहरपुरगढी ८ पानताले र हरिहरपुरगढीकै १ जीतपुरमा ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ । यसैगरी गुल्मीको तम्घासमा ओलीको पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको छ ।

भोजपुर

पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार शुक्रबार करिब १ : १५ मा गुल्मीको सदरमुकाम तम्घासमा केपी ओलीको पुत्ला जलाएको नेकपा गल्मीले जनाएको छ । यस्तै कञ्चनपुरको झलारी बजार र महेन्द्रनगरको चम्मनचोकमा केपी ओली पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ । बिहानैदेखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको अवस्थामा पनि केपी ओलीको कञ्चनपुरमा पुत्ला जलाउन नेकपाका कार्यकर्ता सफल भएका छन् ।

नुवाकोट

यस्तै भोजपुरको कुन्वाक काउले र नागीमा ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ ।

तनहु

त्यस्तै इलामकोे चुर्यदय नपा, झापाको दमकबजार, मोरङको पत्थरी नपाको बुद्धचोक, माेरङकाे  विराटनगर महानपालिका १४ महत्वटोल, त्यस्तै दैलेखको आठविस नपा राकम, सुर्खेत बिरेन्द्रनगर, मैनतडा, अर्घाखाचि, कपिलवस्तु, तनहु, सुनसरीको इटहरी उपमहानगरपालिका समितिले केपी ओलीको पुत्ला जलाएको छ ।

विराटनगर

सुनसरीको इटहरीचोक भन्दा ५०० मिटर नजिक रहेको खेतिखोलाको राजमार्गमा पुत्ला जलाएको हो । धरानको मंगलबारे बजार, इटहरीको पचरुखी, पोखराको लेखनाथ स्थित तालचोक र रुकुमको सदरमुकाम मुशिकोट खलाङ्गामा अहिले साँझ केपी ओलीे पुत्ला जलाएको समाचार प्राप्त भएको छ । शुक्रबार अपरान्ह नुवाकोटको बट्टार र रसुवाको कालिकास्थानमा केपी ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न भएको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस र रसुवाको कालिकास्थानस्थित कालिका हिमालय क्याम्पस अगाडि नेकपाका र्काकर्ताले नाराजुलुशसहित पुत्ला जलाएको हो । नेकपा दाङले केपी ओलीको पुत्ला जलाउने कार्यक्रम सम्पन्न गरेकोे छ । शुक्रबारै दिउँसो दाङको घोराहीस्थित सहिदगेटचोकमा केपी ओलीको पुत्ला जलाएको हो ।

चितवन

कोणसभा, अन्तरक्रिया जस्ता चरणबद्ध संघर्षका कार्यक्रम गर्दा पनि गिरफ्तार नेतालाई रिहा नगरिएको भन्दै आज केपी ओलीको पुत्ला दहन गरिएको जनाएको छ । त्यस्तै झापाको दमक, झापाकै शिवपटै नगरपालिका स्थित माइधारमा पार्टीको केन्द्रीय सदस्य निर्मलको नेतृत्वमा पुत्ला जलाएको खबर प्राप्त भएको छ । यसैगरी झापाकै दमक २ स्थित पांग्लीचोकमा जम्मा भएका नेकपाका कार्यकर्ताहरुले ओलीको पुत्ला जलाएका हुन् ।

२०७४ फागुन ११ गते बेलुका १० : ०२ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :