शिक्षक संगठनको छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं : अखिल नेपाल शिक्षक संगठनको छैठौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह कैलाली जिल्लाको धनगढीमा सम्पन्न भएको छ । देसभरबाट कैलालीमा जम्मा भएका हजारौं शिक्षकहरुले आफ्ना पेसागत अधिकारका विषयहरु उठाई नाराजुलुस गर्दै धनगढी बजार परिक्रमा गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले राज्यले शिक्षामा विभेद र शिक्षकलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरेकोले सचेत रहन आग्रह गर्नुभएको छ । कार्यक्रमका अर्का अतिथि नेपाल शिक्षक महासंघका केन्द्रीय महासचिव तिलक कुँवरले अधिकार र कर्तव्यका लागि सबै शिक्षकहरु एक हुनुको विकल्प नभएको र राज्यले कुनै पनि बहानामा अखिल नेपाल शिक्षक सङगठनमा आबद्ध शिक्षकहरुलाई दुख दिने काम गरेमा त्यसको प्रतिवाद गर्न महासंघ तयार रहेको बताउनु भएको छ । कार्यक्रमका अध्यक्ष लालबहादुर बिसीले शैक्षिक माफियाहरुका विरुद्धमा लड्दा आफुहरु फुटेको सिसामा हाम फाल्ने दिन आएको बताउदै शैक्षिक समस्या समाधानको लागि सबै शिक्षकहरुलाई दह्रो भइ उभिन आग्रह गर्नु भयो । घनश्याम पाठकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अन्य अतिथिहरुले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षण पेसामा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व एवं सहिद परिवार र अन्य भुमिका निर्वाह गर्नुहुने शिक्षकहरुलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन महासचिव गोपाल पान्डेले गर्नुभएको थियो ।

२०७४ फागुन ११ गते साँझ ८ :२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :