ओलीको गृहनगरमा उनकै पुत्ला दहन

झापा : आफ्नो युवा संगठनको रास्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेकपाका स्थाइ समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतको गिरफ्तारीपछि आक्रमक बनेको नेकपाले नेपाल बन्द, कोण सभा, पुत्ला दहन जस्ता कार्यक्रम गरिरहेको छ ।

शुक्रबार मात्र देशका अधिंकास शहर र गाउँमा नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलिको पुत्ला जलाएका छन् । त्यस्तै झापाको दमक, झापाकै शिवपटै नगरपालिका स्थित माइधारमा पार्टीको केन्द्रीय सदस्य निर्मलको नेतृत्वमा पुत्ला जलाएको खबर प्राप्त भएको छ । दमक २ स्थित पांग्लीचोकमा जम्मा भएका नेकपाका कार्यकर्ताहरुले ओलीको पुत्ला जलाएका हुन् ।

२०७४ फागुन ११ गते अपरान्ह ४ : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :