नेकपाका जिल्ला सेक्रेटरी विक्रमसहित ३ जना गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका दाङ सेक्रेटरी विक्रमसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । घोराहीको तुलसीपुर चोकमा हिडिरहेको अवस्थामा पार्टीका जिल्ला सेक्रेटरी विक्रम, दलित मुक्ति मोर्चाका जिल्ला सुरज परियार र पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी ओम प्रकाश चौधरीलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको हो । शान्तिपूर्ण रुपमा सार्वजनिक ठाउँमा कार्यक्रम गर्न पाउने, बोल्न पाउने, हिड्न पाउनु पर्ने अधिकारलाई कुण्ठित गर्दै कुनैकारण गिरफ्तारीमा पर्नुभएका जिल्ला सेक्रेटरी लगायत ३ जनालाई छिटोभन्दा छिटो रिहा गर्न नेकपाका राप्ती ब्युरो इन्चार्ज सुवासले माग गरेका छन् । अन्यथा रिहा नगरिए संघर्ष कडा गर्न बाध्य हुने र त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।

२०७४ फागुन ११ गते अपरान्ह ४ : २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :