विद्यार्थी नेता चलाउने गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले गिरफ्तार गरेको छ। चलाउनेलाई बाटोमा हिडिरहेको अवस्थामा शुक्रबार बिहान १० बजे प्रहरीले गिरफ्तार गरेको हो । उनलाई कमलपोखरी बृतमा राखीएको बताइएको छ । अखिल (क्रान्तिकारी)ले आफ्ना नेता चलाउनेलाई बिनाकारण पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरेको छ । साथै, रिहाई नगरे कडा संघर्षको कार्यक्रम घोषणा गर्ने एक विद्यार्थी नेताले जानकारी दिए । 

२०७४ फागुन ११ गते अपरान्ह ४ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :