माओवादी केन्द्र र क्रान्तिकारी (माओवादी) का दर्जनौं नेता विप्लवमा प्रवेश गर्दै

dhurbi karan copyकाठमाडौँः बैशाख २३,  प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र वैद्य माओवादीबाट दर्जनौं नेता–कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

माओवादी केन्द्रबाट बरिष्ट पोलिटब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ को नेतृत्वमा र क्रान्तिकारी माओवादीबाट समिर यात्रीको नेतृत्वमा नेकपामा प्रवेश गर्ने भएका हुन् ।

आइतबार कमलादी प्रज्ञा भवनमा दिउँसो १२ बजे प्रवेश कार्यक्रम राखिएको छ ।

नेकपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष इश्वरीप्रसाद दाहाल “असारे काका” र प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य तथा स्कुलिङ विभागका प्रमुख हेमन्त प्रकाश ओली ‘सुदर्शन’ को उपश्थितिमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रम नेकपा केन्द्रीय प्रचार विभागले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :