महराको सिमेन्ट उद्योगमा आगो

Exavetarमकवानपुरः बैशाख २३, मकवानपुर स्थित सिबम् सिमेन्टको खानी क्षेत्रमा रहेको ५ वटा एक्साभेटरमा आगजनी भएको छ ।

शुक्रबार राती गडि गाउँपालिका सुकौरा स्थित चुनढुङ्गा खानी क्षेत्रमा रहेका आठ मध्ये पाँच वटा एक्साभेटरमा पूर्णरुपमा क्षति हुने गरी आगजनी भएको हो ।

आगजनीबाट ४ करोड बराबरको क्षती भएको सिवम् सिमेन्ट उद्योगका सम्पर्क अधिकृत अच्युत पराजुलीले बताए ।

उक्त घटना नेकपाले गराएको आशंका प्रहरीले गरेपनि हालसम्म पुष्टी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :