देशव्यापी अन्तरकृया कार्यक्रम सम्पन्न / सरकारद्वारा नेकपामाथि गरिएकाे दमनकाे विराेध

काठमाडौं : सरकारी दमन र प्रहरी हस्तक्षेपका विरुद्ध बिहीबार देशव्यापी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।आइतवार विराटनगरमा आयोजीत युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनमा जादै गर्दा नेकपाका नेताद्वय हेमन्तप्रकाश ओली‘सुदर्शन’ र पदम राई ‘विकास’ लगायतका नेता कार्यकर्ताहरुलाई प्रहरीले विनाकारण पक्राउ गरेको तथा खुल्ला सभामाथि हस्तक्षेप गरेको विरोधमा सोपार्टीले बिहिबार देशव्यापी अन्तरक्रिया कार्यक्रमको लागि निद्रेशन गरेको थियाे । पुर्व निर्धारित कार्यक्रम अनुसार नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा ‘राज्य र जनताको राजनीतिक स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रममा बोल्ने वक्ताहरुले ओली सरकारद्वारा नेकपामाथि गरिएको प्रहरी दमन र हस्तक्षेपको विरोध गरेका छन् । उनीहरुले नेकपाको राजनीतिक गतिविधिमा प्रतिबन्द लगाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भणडारी, नेकपा (माओवादी केन्द्र)का संयोजक गोपाल किराती र नेकपा (क्रान्तिकारी माओवादी)का नेता हरिभक्त कँडेललगायतका वाम बुद्धिजीवी तथा नागरिक अगुवाहरुले बोलेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष टिका कँडेल र सञ्चालन प्रभात चलाउनेले गरेका थिए । यसैगरी उता नेपाल कम्युनिस्ट पार्टी कंचनपुरको आयोजनामा वर्तमानमा राजनीतिक परिस्थिति, संकट र समाधान बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तक्र्रियामा प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले अवधारणा प्रस्तुत गरेपछि सबै वक्ताहरुले शान्तिपूर्ण कार्यक्रममा नेकपाका नेताकार्यकर्तालाई गिरफ्तार गर्नु गलत भएको टिप्पणी गरेका थिए । देशमा राष्ट्रघात, जनघात, भ्रष्टाचार भएकोमा त्यसलाई रोक्न सबै देशभक्त र परिवर्तन प्रेमिहरु एक हुनु पर्ने धारणा सबैले राखेका थिए । कार्यक्रममा नेकपाका महाकाली ब्युरो इन्चार्ज असिना, केन्द्रीय सदस्य शन्तोषी विक, माओवादी केन्द्रका केन्द्रीय सदस्य मिनराज गिरी, क्रान्तिकारी माओवादीका जिल्ला सहसचिव बिष्णु नेपाली, राष्ट्रिय जनमोर्चाका जिल्ला नेता महेश जोशि, सुदुर पश्चिम विश्वविद्यालयका सहायक परिक्षा नियन्त्रक प्रेमसिंह भाट, कृषि विज्ञ नरबहादुर साउद, ग्रेटर नेपालका अभियन्ता गजेन्द्र पाण्डे, निर्माण व्यवसायी संघका अध्यक्ष गजेन्द्र चन्द, समाजसेवी झेलुराम डगौरा, पत्रकार महासंघ कंचनपुरका सहसचिव मोहन बिष्ट, शिक्षक संगठनका नेता ओम प्रकाश जोशी लगाएतले धारणा व्यक्त गरेका थिए । राजेन्द्र बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रकाश जप्रेलले गरेका थिए ।

त्यसैगरी रोल्पामा पनि ‘कथित वाम सरकार, लोकतन्त्र र वैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेकपाले आयोजना गरेको कार्यक्रमका बक्ताहरुले सरकार निरंकुश भएको भन्दै राजनीतिक पार्टीका शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर अन्याय गरेको भन्दै नेकपाका नेताहरुलाई तत्काल रिहाइ नगरे कडा आन्दोला गर्ने चेतावनी दिएका छन् । 

यसैगरी पूर्व घोषित कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी गुल्मीको तम्घासस्थित निलगिरीमा नेकपाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने, नयाँशक्ति पार्टीका घनश्याम पाण्डे, गैरसरकारी महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी, मानव अधिकारवादी माधव ज्ञवालीलगायतले शान्तिपूर्ण राजनीतिक गर्ने अधिकार संविधानले ग्यारेन्टी गरेको तर ओली सरकारले उलंघन गरेको बताए ।

त्यसैगरी नेकपा रुपन्देहीले बुटवलस्थित विश्व हिन्दु महासंघको सभाहलमा ‘कथित वाम सरकारको ज्यादती र लोकतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटेरी अमर आरसीले शान्तिपूर्ण सभा तथा कार्यक्रम गर्ने लोकतन्त्रको न्यूनतम मान्यता विपरित सरकारले आफ्नो पार्टी र पार्टीका नेताहरुलाई अनावश्यक धरपकड र गिरफ्तार गरेको भन्दै गिरफ्तार नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले शान्तिपूर्ण आन्दोलनबाट गिरफ्तार नेताहरुलाई रिहा नगरे शसक्त प्रतिरोध गर्ने चेतावनी दिए ।

सोही कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता भुलबहादुर सुनारी, माओवादी केन्द्रका सहसंयोजक पुरन गुरुङ, राजमो सचिव दिपक पौडेल, काँग्रेसका प्रतिनिधि बिष्णु पोखरेल, बाम बुद्धिजीवी तथा लेखक दिल साहनी, माक्र्सवादी विचार मञ्चका अध्यक्ष युवराज पन्थी, राष्ट्रिय स्वाधीनताका लागि नागरिक अभियानका पदम कार्की, मालेमा अध्ययन केन्द्रका विनबहादुर कुँवर, वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंलगायतले सरकारले नेकपामाथी दमन गरेर लोकतन्त्रको खिल्ली उडाएको बताउँलै यस्तै सरकारले यस्तै हरकत जारी राखे पतनको यात्रा हुने धारणा राखे ।

यस्तै नेकपा मोरङले कोणसभाको आयोजना गरेको छ । शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैले बनाएको संविधानको उलंघन गरेको बताउँदै कार्यक्रमका वक्ताहरुले आफ्ना नेताहरुलाई रिहाईको माग गरेका थिए ।

त्यस्तै चितवनको भरतपुर र झापाको विर्तामोडमा पनि अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

२०७४ फागुन १० गते साँझ  ८ : १४ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :