हस्तक्षेपका विरुद्ध प्रतिरोधकाे विकल्प छैन

काठमाडौं  : झापाको बिर्तामोडमा सरकारद्वारा नेकपामाथि गरिएको दमन र प्रहरी हस्तक्षेपको विषयलाई लिएर अन्तरकृया कार्यक्रम भएको छ ।  कार्यक्रममा बोल्ने वक्ताहरुले सरकाद्वारा जनताको मौलिक हक माथी प्रतिबन्ध लगाउदै बिराटनगरमा नेकपाको युवा जनस्वयंसेवकको कार्यक्रम माथी गरिएको दमनको बिरोध गरेका छन् । कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारी पार्टीका झापा सेक्रेटरी निर्मलले तानाशाही  तरिकाले राज्य आएको हुदा त्यसको प्रतिरोध गर्नु बाहेक अरु बिकल्प नभएको वताए । यस्तै नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पुर्बी कमान इन्चार्ज सर्वश्रेष्ठले दलाल पुँजीवादी व्यवस्थाले तानाशाही शैलीमा नेकपालाई दमन गरेको भन्दै वर्तमान राज्यव्यवस्थालाई विस्थापीत गर्दै जनताको मौलिक अधिकार सहितको व्यबस्था बैज्ञानिक समाज स्थापना गर्नुपर्ने वताए । कार्यक्रममा विभिन्न संघ संस्था र सरोकारवाला निकायका व्यक्तिहरुको सहभागीता थियो । नेकपाका जिल्ला ईन्चार्ज उमेशको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सो पार्टीका झापा सेक्रेटरी सौगातले गरेका थिए । २०७४ फागुन १० गते बिहिबार ४  : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :