सरकारी दमनका विरुद्ध देशव्यापी कार्यक्रम

काठमाडौं  : सरकारी दमन र प्रहरी हस्तक्षेप विरुद्ध बिहीबार देशव्यापी अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । यसैबीच चितवनको, भरपुरमा ‘वर्तमान परिस्थिति र मानव अधिकारको अवस्था’ विषयककार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान संविधानको कडा आलोचना गर्दै ओली सरकारद्वारा नेकपामाथि गरिएकोे प्रहरी दमन तथा हस्क्षेपको विरोध गरेका छन् । साथै उनीहरुले शान्तिपूर्ण कार्यक्रम गर्दै आएको नेकपाका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र सभा सम्मेलनहरुमा प्रहरीले गरेको हस्तक्षेप निन्दनीय भएको बताएका छन् । जन अधिकार अभियान नेपालका केन्द्रीय सदस्य एवं चितवन जिल्ला अध्यक्ष गंगा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अभियानका सचिव होम न्यौपानेले गरेका थिए । त्यसैगरी उता कञ्चनपुरमा ‘दलाल पुँजीवादी सत्ता खारेज गरौं !’, ‘जनताको सत्ता निर्माण गरौं !’ भन्ने नारासहित ‘वर्तमान राजनीति परिस्थिति, संकट र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । यस्तै अहिले केहिवेरमै काठमाण्डौंमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, राजनीतिक दलका नेताहरु लोकेन्द्र बिष्ठ, गोपाल किराती, हरिभक्त कँडेल एवं वाम वुद्धिजिवि र नागरिक अगुवाहरु उपस्थित हुदैछन् । यस्तै पोखरा, विराटनगर, धरान, बुटवल, झापा लगायतका देशका ठुला तथा साना शहरहरुमा पनि कार्यक्रम हुँदैछ ।

२०७४ फागुन १० गते मध्यान्न १२ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :