सुकुम्बासी संघले भूमाफियालाई कारबाही गर्ने

काठमडौं : नेपाल कम्युनिस्ट पार्टीनिटक अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले भूमाफियाहरुलाई जनकारबाही गर्ने निर्णय गरेको छ । संघको हालै सम्पन्न केन्द्रीय समिति बैठकले ३ महिने एकीकृत जनजागरण अभियान चलाउने भएको छ । अभियानको क्रममा सुकुम्बासी समस्या सधानको उपायबारे छलफल, अन्तरक्रियासँगै लालपुर्जा प्राप्तिलगायत जीवन यापनसँग जोडिएका मुद्दामा संघर्ष गर्ने बताइएको छ । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका अध्यक्ष ओमप्रकाश पुनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ – “बैठकले पार्टीको तीन महिने एकीकृत जनजागरण अभियान सँगसँगै सुकुम्बासी जागरण अभियान पनि संचालन गर्ने, सुकुम्बासी समस्या सम्बन्धि व्यापक अन्तरक्रिया, छलफल, गोष्टिहरु गर्ने, भूमाफियाहरुलाई जनकारबाही गर्ने, लालपुर्जा प्राप्ति र अन्य सेवा सुबिधा लागि संघर्ष गर्ने निर्णय गरेको छ ।” राज्यले सुकुम्बासी विरोधी हर्कत गरेको भन्दै डटेर संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताएका छन् । कैलालीमा २ दिनसम्म चलेको बैठकले “कैलालीको हरैयालगायत जिल्लाका विभिन्न ठाउँमा दलालहरुले सुकुम्बासी बसेका जमिन बेचेर घरबारविहीन बनाउने कार्यका बिरुद्ध संघर्ष गर्ने, सर्लाहीको सागरनाथ परियोजनाले उठाएको बस्ती फिर्ता गर्ने संघर्ष गर्ने, बाराको टाँगिया बस्तीको उचित पुनस्र्थापनाको लागि संघर्ष गर्ने, बर्दिया, बाँके, झापा, सुनसरी, महोत्तरि, पोखरा, कंचनपुर, रुपन्देही, नवलपरासी, चितवन, उपत्यकालगायतका ठाउँमा सुकुम्बासीमाथि भएको ज्यादतिविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । त्यसको लागि यहि फागुन १३ गते देखि देशब्यापी संघर्षका कार्यक्रम अगाडि बढाईने छ” विज्ञप्तिमा उल्लेख छ  । विज्ञप्तिको पूर्णपाठ –

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघको चौथो केन्द्रीय समिति को बैठक यहि फागुन ७ र ८ गते कैलालीको टीकापुरमा सम्पन्न भयो । बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक जानकारी को लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१) बैठकले सर्वप्रथम जनक्रान्तिका महान सहिद तथा बेपत्ता योद्धाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्याे ।

२) बैठकले कथित स्थानीय तथा संघ र प्रदेशको चुनाव खारेजी अभियान र त्यसमा संघले खेलेको भुमिकाको बारेमा गहन रिपोर्ट सहितको समीक्षा गर्याे । जसअनुसार यसमा संघको महत्त्वपूर्ण भुमिका रहेको र त्यस सिलसिलामा सुकुम्बासी संघका मात्रै करिब तीन दर्जन जति नेता कार्यकर्ता गिरफ्तार भएको, संघर्षको अग्रमोर्चामा सुकुम्बासी रहेको समीक्षा गर्याे ।

३) बैठकले पार्टीको तीन महिने एकीकृत जनजागरण अभियान संगसंगै सुकुम्बासी जागरण अभियान पनि संचालन गर्ने, सुकुम्बासी समस्या सम्बन्धी व्यापक अन्तरक्रिया , छलफल , गोष्ठीहरू गर्ने, भूमाफियाहरुलाई जनकारबाही गर्ने, लालपुर्जा प्राप्ति र अन्य सेवासुबिधा लगायतको लागि संघर्ष गर्ने निर्णय गरेको छ ।

४) बैठकले कैलालीको हरैयालगाएत जिल्लाका विभिन्न ठाउँमा दलालहरुले सुकुम्बासी बसेका जमिन बेचेर घरबारविहीन बनाउने कार्यका बिरुद्ध संघर्ष गर्ने, सर्लाहीको सागरनाथ परियोजनाले उठाएको बस्ती फिर्ता गर्न संघर्ष गर्ने, बाराको टाँगिया बस्तीको उचित पुनस्र्थापनाको लागि संघर्ष गर्ने, बर्दिया, बाँके, झापा, सुनसरी, महोत्तरी, पोखरा, कंचनपुर, रुपन्देही, नवलपरासी, चितवन, उपत्यकालगायतका ठाउँमा सुकुम्बासीमाथि भएको ज्यादतीका बिरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । त्यसको लागि यहि फागुन १३ गते देखि देशब्यापी संघर्षका कार्यक्रम अगाडि बढाईने छ ।

५) बैठकले संघका केही पदाधिकारीहरुले संघको नीति विपरित कार्य गरेकोले निस्कासन, निलम्बन र चेतावनी गर्नुका साथै केही थप र बढुवा पनि गरेको छ । त्यसको साथै कार्य्बिभाजन पनि सोही अनुसार गरेको छ र आगामी जेठको पहिलो हप्ता राष्ट्रिय सम्मेलन गर्ने र त्यसको लागि बैशाखसम्म सम्पूर्ण जिल्लाका भेला सम्मेलन गरिसक्ने निर्णय गरेको छ ।

६) बैठकले दलाल सत्ता र त्यसले सुकुम्बासीमाथि गर्ने हरेक बिरोधी हर्कतका बिरुद्ध डटेर संघर्ष गर्ने निर्णय गरेको छ । यसमा सहयोग र साथ दिन सम्पूर्ण भूमिहीन सुकुम्बासी र न्याय प्रेमि जनसमुदायमा संघ हार्दिक अपिल गर्दैछ ।

२०७४ फागुन १० गते बिहान १० : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :