यसरी मारिए गुण्डा नाईके मनोज पुन

शिव डुम्रे / बुटवल : हत्या गर्ने, धम्की दिने र फिरौती उठाई आतंक सिर्जना गरेका गुण्डा नाईके मनोज पुनको हत्या भएको खबर एका बिहान ४ बजे सनसनी भयो । बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुर ४ मा प्रहरीको मुठभेटमा पुन मारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए ।

पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । गोली लागि घाइते भएका दुबैको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो । निर्माण व्यवसायी शरदकुमार गौचन, बसन्त पौडेल र युवा नेता दुर्गा तिवारीको हत्याको अभियोगमा पुन प्रहरीको खोजी सुचीमा थिए ।

गत वर्ष पुस ४ गते नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष तिवारीको हत्याको जिम्मेवारी पुनले नै लिएका थिए । असोज २३ गते काठमाडौं नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा पनि पुनको संलग्नता देखिएको प्रहरीको दाबी छ । गौचनकै हत्या मुख्य योजनाकार समिरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै गत पुष २१ गते देवदहकै दुर्गा तिवारीका साथी बसन्त पौडेललाई पनि गोली हानी हत्या गरेको जिम्मा लिएका थिए । पुन भारतमा बसेर नेपालभित्र अपराधिक गतिविधि गर्दै आएका थिए । भारतीय अपराधिक समूहसँग पनि पुनको पछिल्लो समय उठ्बस हुन थालेको प्रहरी स्रोतको दाबी थियो ।

केही दिन अगाडीमात्रै प्रहरीले पुनलाई गोवामा समातेको हल्ला भयो । केही अनलाईन मिडियाले समाचार लेखेर पछि निराधार भएको भनेर पनि लेखे । तर उनलाई गोवामा प्रहरीकै योजनामा समातेर रुपन्देही ल्याएको बुझिन्छ, प्रहरीका अनुसार उनीहरु देवदह छन् भन्ने थाहा पाएपछि समात्नको लागी जादैं गर्दा उनीसँग दोहोर भिडन्त भएको र गोली लागेर २ जना बाईकमा भाग्ने क्रममा घाईते भएपछि उपचारको लागी ल्याउने क्रममा मृत्यु भएको बताउँछ ।

यता लुम्बिनी अञ्चल अस्पतालमा भने बिहान ५ नबज्दै प्रहरीले उनीहरुलाई ल्याएको थियो, ल्याएर हतारहतारमा केही रिपोर्ट बनाएर पोष्टमार्टम गृहमा पुन र आलेको लास राखेको छ । एकजना प्रहरी पनि अञ्चल अस्पतालमा सो घटनासँग सम्बन्धित देखिएनन् । यसरी हेर्दा प्रहरीले योजनामै उनको हत्या गरेको हो की भन्ने आशंका पनि गर्न सकिन्छ । यता घटनालाई लिएर युवा संघका जिल्ला अध्यक्ष नकूल शाहीले छोटो प्रतिक्रिया दिदैं घटनाबाट प्रहरीले अनुसन्धानलाई चुस्त पारेकोमा धन्यवाद दिए उनी त्यही व्यक्ती हुन जसलाई बलु पौडेलको हत्यासँगै पूनले मार्ने धम्की दिएका थिए । शाहीले आम जनताले शान्तिको सास फेर्न पाउने भए भन्दै व्यवसायीहरुको सुरक्षाको लागी मनोज पुन मारिनु अत्यन्तै आवश्यक रहेको बताए । यता आतंकित बनेको देवदहबासीले पनि शान्तिको सार फेरेका छन् । गत पुस २१ गते उनले देवदहकै व्यवसायी बसन्त पौडेलेको हत्या उनको अन्तिम घटना थियो ।

२०७४ फागुन९ गते मध्यान्न १२ : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :