प्रतिरोधात्मक बन्द सफल / नयाँ कार्यक्रमको घोषणा

काठमाडौं : आफूलाई वाम भन्ने केपी ओली र प्रचण्डको सरकारले आफैले बनाएको संविधानले दिएको अधिकारलाई खिल्ली उडाउँदै नेपालका क्रान्तिकारीहरुमाथि दमन गरेर आफ्नो फासिस्ट चरित्र देखाएको छ । गत फागुन ६ गतेका दिन तत्कालीन राष्ट्रिय युवा जनस्वयं सेवक, नेपालले विराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । उक्त कार्यक्रमलाई सम्वोधन गर्नका लागि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिट ब्युरो सदस्य पदम राई लगायतका नेता कार्यकर्ता गाडीमा जाँदै गर्दा पुलिसले गिरफ्तार गर्नुका साथै शान्तिपूर्णरूपमा आयोजना गर्न लागिएको उद्घाटन सत्रमा बलात आक्रमण गरेको छ ।

आफ्नो नेता/कार्यकर्ताको गिरफ्तारी र शान्तिपूर्ण रूपमा आयोजना गरिएको कार्यक्रममाथि ओली सरकारको आक्रमणलाई लिएर नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आयोजना गरेको थियो । उक्त नेपाल बन्दलाई विभिन्न कम्युनिस्ट घटक, माओवादी केन्द्रमा रहेका क्रान्तिकारी माओवादी नेताहरुले समर्थन गर्नु भएको थियो । नेपाल बन्द शानदाररूपमा सफल भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले ८ गते साँझ एक वक्तव्य निकाली बन्दलाई सहयोग, समर्थन गर्ने सबैलाई हार्दिक धन्यवाद दिनु भएको छ । वक्तव्यमा उहाँले भन्नु भएको छ–“राज्य आतंक र ओली सरकारको दमन विरुद्ध आयोजित आजको नेपाल बन्द आम जनता, मित्र राजनैतिक शक्तिहरु र नेता कार्यकर्ताको समर्थन र सक्रियतामा शानदार ढङ्गले सफल भएको छ ।

बन्दलाई सफल पार्ने, साथ सहयोग गर्ने राजनैतिक पार्टी र आम जनतालाई हार्दिक आभारसहित धन्यवाद दिन चाहान्छौं ।” उहाँले अगाडि भन्नुभएको छ–“ बन्द सङ्घर्षमा सहभागी नेता कार्यकर्ताहरुलाई सयौंको संख्यामा गिरफ्तार गर्ने कार्य गरिएको छ । हामी ओली सरकारलाई पुनः चेतावनी दिन चाहान्छौं कि शान्तिपूर्ण कार्यक्रममा सहभागी स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राईलगायत बन्दका क्रममा गिरफ्तार पर्नुभएका सम्पूर्ण कमरेडहरुलाई यथाशिघ्र मुक्त गरियोस् । अन्यथा अझ सशक्त कार्यक्रमको घोषणासहित प्रतिरोध गरिने छ । सङ्घर्षबाट पैदा हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै हुनुपर्ने छ ।”  विप्लवले तत्कालका लागि नयाँ सङ्घर्षको कार्यक्रम पनि घोषणा गर्ने भएको छ । अहिले हालका लागि यही फागुन ९ गते देशव्यापी कोणसभा, १० गते अन्तरक्रिया, ११ गते केपी ओलीको पुत्ला जलाउने, १२ प्रदर्शन रहेको छ । यदि गिरफ्तार गरिएका आफ्ना नेता/कार्यकर्तालाई रिहा गरिएन भने थप सङघर्षका सशक्त कार्यक्रम घोषणा गरिने उक्त वक्तव्यमा जनाइएको छ । स्रोत :  रातो खबर साप्ताहिक
२०७४ फागुन ९ गते बिहान ११ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :