नेकपाका नेताद्वयलाई सावर्जनिक मुद्दा / रिहा नगरे संघर्षका कडा कार्यक्रम घाेषणा हुने 

काठमाडाैं : मोरङको विराटनगरमा आयोजीत आमसभामा जादै गर्दा राजवंशीचोकबाट पक्राउ गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिटब्यूरो सदस्य पदम राई ‘विकास’लाई जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक मुद्दा लगाएको छ । नेताद्वयलाई जनताको उपस्थितिमा जनसभा गर्न खोजेको  र प्रहरीलाई गालि बेइज्यती गरेको आरोप लगाउदै प्रमुख जिल्ला अधिकारीको कार्यालय मोरङले मुद्दा दायर गरेको हो । तर नेताद्वय ओली र राईले विराटनगरमा हुने खुल्ला आमसभामा जादै गर्दा प्रहरीले आफुहरुलाई अन्यायपूर्ण तरीकाले पक्राउ गरेको भन्दै पक्राउ पुर्जीमा हस्ताक्षर नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयले जनाएको छ । वर्तमान संविधान अनुसार विनाकारण २४ घण्टा हिरासतमा राख्न नपाइने कानुनी व्यवस्था भएपनि पक्राउ गरिएको ४८ घण्टा वितिसकेपछि मात्र नेताद्वयलाई सार्वजनिक मुद्दा लगाउन प्रमुख जिल्ला अधिकारीको कार्यालयमा उपस्थित गराइएको हो । यसैबीच नेकपाका श्रोतका अनुसार ओली र राई लगायतका अन्यायपूर्ण तरिकाले पक्राउ गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई रिहा नगरे भोलीबाट संघर्षका थप कार्यक्रम सार्वजनिक हुने नेकपाको उच्च स्राेतले जनाएको छ । 

२०७४ फागुन ८ गते मंगलबार  दिउँसाे २ : ००  मा प्रकािशत 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :