सुदुर पश्चिममा बिहानै देखि बन्दको प्रभाव / प्रहरीद्वारा नेकपाका स्थानिय नेता कार्यकर्ता पक्राउ

काठमाडाैं : बाजुराको माइक्रि र बार्जुगाडी पुलमा बम फेला परेपछि त्यस क्षेत्रको जनजीवन त्रसित हुनुको साथै यातायात साधन पूर्ण रुपले ठप्प भएको छ । कैलाली जिल्लाका विभिन्न ठाउँहरुमा जुलुस र प्रर्दशन भएको छ । त्यसक्षेत्रमा यातायात र बजार बन्द रहेका छन् । अन्य पहाडी जिल्ला अछाम, बैतडी र डोटी लगयतमा पनि सोमबार साँझ मसाल जुलुस र प्रर्दशन भएको खबर छ । नेपाल बन्दको दिन पश्चिम सुर्खेतबाट विद्यार्थी नेताहरु धनबहादुर नेपाली, कमल बुढा, नेकपाका जिल्ला नेता रत्न बिक तथा डोल्पाबाट गोकर्ण थापा गिरफ्तार परेका छन् । त्यस्तै कंचनपुरबाट नेकपानिकट विद्यार्थी संगठनका नेताहरू र नेकपाका स्थानीय नेताहरु राजेन्द्र बिष्ट, बिरेन्द्र शाह, र मानबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ भने प्रहरी संगको झडपमा विरेन्द्र शाह र कमल बुढा घाइतेसमेत भएका छन् । बन्दको बेला गाडिमा पुलिस राखेर हिडेको बुढिगण्डकीको ईन्जिनियर चढेको सरकारी गाडी र एक ट्याक्टर कंचनपुरमा तोडफोड भएको छ । उता पूर्व झापाको जामुन कन्काई नगरपालिकाको जामुन खाडि मोडमा बन्दको अवज्ञा गर्दै सवारीसाधन चलाएको भन्दै एउटा मालबहाद ट्रकमाथि बन्दकर्ताहरुले आगजनी गरेका छन् । उता कास्कीको पोखरा लेखनाथ नगरपालिकाको नागढुगांमा संकास्पद वस्तु फेला परेपछि त्यसक्षेत्रको जनजीवन त्रसित बनेको छ ।

२०७४ फागुन ८ गते मंगलवार १२ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :