बन्दको दिन देशका विभिन्न ठाउँमा बम आतंक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आव्हान गरेको नेपाल बन्दको दिन देशका विभिन्न ठाउँमा बम आतंक सिर्जना भएको छ । यसैगरी झापाको दमक विशाल बजारमा शक्तिशाली बम विष्फोट भएको छ । उता काँकडभित्ता पनि संकास्पद वस्तु फेला परेको समाचारमा जनाईएको छ । यसैविच सिन्धुलीको खुर्कोट बजारमा अहिले भर्खरै बम जस्तो देखिने शंकास्पद वस्तु फेला परे पछि नेपाली सेनाको बम डिस्फोजल टोली त्यसतर्फ लागेको छ । यसैगरी चितवनको जिल्ला प्रहरी कार्यालय नजिकै बम फेला परेको समाचार छ । त्यस्तै यता काठमाडौंको सुन्धारा नजीकै रहेको आरएनएसीमा बम फेला परेको स्थानीयले जानकारी दिएका छन् । त्यसैगरी बाग्लुङ र पाल्पामा पनि बम विष्फोट भएको समाचार प्राप्त भएको छ । बम विस्फोटका घटनाहरुबाट अहिलेसम्म कुनै मानवीय भने क्षती विवरण भने आएको छैन ।

२०७४ फागुन ८ गते मंगलवार १० : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :