प्रहरीद्वारा नेकपाका नेताकार्यकर्ता गिरफ्तार

काठमाडौं : नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन प्रहरीले देशका विभिन्न ठाउँहरुबाट सो पार्टीका कार्यकर्ता र समर्थकहरुलाई पक्राउ गरेको छ । नेकपा मोरङका सेक्रेटरी उदय राई ‘युगेन’ र दलित मुक्ति मोर्चाका केन्द्रीय सचिव जितेन्द्र मोहरालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै सुन्दरहरैचा नगरपालिकाको गठियाबाट नेकपाका कार्यकर्ता बालकुमार श्रेष्ठ र गोपाल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै विराटनगरबाट मजदुर नेता सागर राई र युवा जनस्वयंसेवका हरि कार्कीलाई पनि पक्राउ गरिएको छ । यता काठमाडौंबाट नेकपानिकट जनगणतान्त्रिक सम्पर्क मञ्च संबद्ध अभियान राई लाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै सोमबार साझ मशाल जुलुुस निकाल्ने क्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य गणेश रैकाल सिटिइभिटिइका उपत्यकाका जिल्ला सदस्य सन्तोष खडका, लक्ष्मण कार्की, निरज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै चितवनबाट नेकपाका कार्यकर्ता तेजेन्द्र सापकोटालाई प्रहरीले पक्राउ गरेको छ भने लुम्बीनीबाट ५ जनालाई पक्राउ गरेको खबर छ ।
२०७४ फागुन ८ गते बिहान १० ४० मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :