बन्दको अवज्ञा गरेको भन्दै दर्जनौं गाडिहरुमा तोडफोड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको  बन्दको अबज्ञा गरेको भन्दै देशका विभिन्न ठाउँहरुमा दर्जनौं गाडिहरुमा तोडफोड गर्नुका साथै आगजनी समेत गर्नेक्रम तिव्र छ । बन्दको प्रभाव देशै भरी परेको छ भने झापामा विहान खोलिएका विद्यालयहरु धमाधम बन्द गरिएका छन् । बन्दकर्ताले बन्दको अबज्ञा गरेको भन्दै झापाको विभिन्न स्थानमा १६ वटा सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् । जिल्लाको सुरुङगा, विर्तामोड, केर्खा, चारपाने, मेचीनगर, काकँडभित्ता, झापा बजारलगायतका ठाउँमा बन्दकर्ताहरुले आफ्ना पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको आक्रोषमा तोडफोड र आगजनीलाई तीव्र पारेका छन् । समाचारमा जनाइए अनुसार विर्तामोडमा केही सवारी साधनमाथि तोडफोड गरिएको छ भने दमक बजारमा मात्रै १३ वटा सवारी साधनमाथि आगजनी र तोडफोड गरेको स्थानीयले जानकारी दिएका छन् । यता काठमाडौंको बानेश्वरमा पनि बन्दको अबज्ञा गरेको भन्दै दूइवटा माइक्रो बस र ट्याक्सीमाथि बन्दकर्ताले तोडफोड गरेको समाचार छ । घटनाबाट ट्याक्सी र माइक्रो बसमा क्षति पुगेको हाम्रा काठमाडौं संवाददाताले बताएका छन् । 

२०७४ फागुन ८ गते बिहान ७ : १२ मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :