बन्दकर्ताद्वारा २ ट्रकमा आगजनी

फाइल तस्विर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते (मंगलबार) नेपाल बन्दको आव्हान गरेकोे दिन बिहानै विराटनगरकाे २ स्थानमा आगजनी गरेको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाहीको गरेको हो । उक्त पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पाेलिट ब्युराे सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द गर्न बाध्य भएको  बताएको छ । घटनाको थप विवरण आउन बाकी छ । यसैबिच नेकपा सुनसरीले बन्दको अवज्ञा गर्ने जुनसुकैलाई नछोडने भनेर इटहरीको हल्गाडा रोडमा टायर बालेर आवत जावत अवरुद्ध गरेको समाचार प्राप्त भएकाे  छ ।

२०७४ फागुन ८ गते बिहान ४ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्