क्रान्तिकारी विद्यार्थीका दुई नेता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य गणेश रैकाल र सिटीइभिटी उपत्यका जिल्ला सदस्य सन्तोष खड्कालाई प्रहरीले सोमबार साँझ काठमाडौंबाट बिनाकारण गिरफ्तार गरेको हो । दुबै नेतालाई प्रहरी प्रभाग सिंहदरवरमा राखिएको एक विद्यार्थी नेताले जानकारी दिएका छन् । यसैबिच चितवनबाट तेजेन्द्र सापकोटा र लुम्बिनीको कपिलवस्तुबाट ५ जना गिरफ्तार परेका छन् 
२०७४ फागुन ७ गते बेलुका ११ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :